वीरगंज । छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले बिशेष अदालतबाट सफाई पाएका छन ।
उनी बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा आर्थिक अनियमितताको आरोपमा मद्धा दर्ता गरेको थियो ।

लेखापाल संजय पटेल
बिशेष अदालतका न्यायधीश नारायण पौडेल,हेमन्त रावल र डिल्लीराज श्रेष्ठको इजलाशले गुप्ता सहितका आरोपीहरुलाई सफाई दिएको हो ।
अदालतले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साह, लेखापाल संजय पटेल सहितलाई सफाई दिएको हो ।
अदालतले सफाई दिएसंगै पालिकाका अध्यक्ष गुप्ता र सबै कर्मचारीहरु आ आफनो पदमा क्रियाशिल हुनेछन । उनीहरुको निलम्बन समेत फूकुवा हुनेछ ।
तपाईको प्रतिक्रिया