logo

पर्सा क्षेत्र नं २ मा राप्रपाका प्रत्यक्ष एवं समानुपातिक उम्मेदवार संगै चुनावी प्रचारमा

 इसीमाना सम्वाददाता     २०८२ फागुन ८ गते ०५: ५८ मा प्रकाशित     431   पटक पढिएको

वीरगंज । पर्साको क्षेत्र नं २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रत्यक्षतर्फ उम्मेदवार बिना जयसवाल कुर्मी र समानुपातिक उम्मेदवार प्रियंका यादवले आफ्नो चुनावी अभियानलाई थप तीव्रता दिएका छन ।

 

वीरगंज महानगरपालिका सहर  नगरपालिका  तथा गाउँपालिकाका विभिन्न वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

 

उक्त कार्यक्रममा दुवै उम्मेदवारले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै आम नागरिकका चाहना तथा मुद्दाहरू सुनेका थिए।

 

घरदैलोका क्रममा स्थानीयबासीलाई आगामी निर्वाचनका एजेन्डा, विकास योजनाहरू र जनप्रतिनिधिको दायित्वबारे स्पष्ट जानकारी दिएका थिए ।

 

 उनीहरूले जनसुनुवाइमा आधारित कार्यशैलीको आवश्यकता औँल्याउँदै साँचो विकासका लागि मतदाताको समर्थन र विश्वासको अपेक्षा व्यक्त गरे।

 

पार्टीका नेताहरू तथा सक्रिय कार्यकर्ताहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम स्थानीयवासीबीच सकारात्मक प्रतिक्रिया  समेत प्राप्त भएको राप्रपाका युवा नेता नगिना यादवले बताए।

 

 कार्यक्रममा सहभागी मतदाताहरूले पनि शिक्षाको पहुँच, स्वास्थ्य सेवा, पूर्वाधार विकास र रोजगारी सिर्जनाका विषयमा उम्मेदवारलाई आफ्ना अपेक्षा सुनाए।

 

 घरदैलो कार्यक्रमले उम्मेदवारका र जनतावीचको संपर्कलाई मजबुत तुल्याएको विश्लेषकहरूले टिप्पणी गरेका छन्, जसले आगामी निर्वाचनमा राप्रपाको सन्देशलाई व्यापक रुपमा गाउँ–टोलसम्म पुर्याउन मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.