logo

पर्सा क्षेत्र नं २ मा राप्रपाका प्रत्यक्ष एवं समानुपातिक उम्मेदवार संगै चुनावी प्रचारमा

 इसीमाना सम्वाददाता     २०८२ फागुन ८ गते ०५: ५८ मा प्रकाशित     366   पटक पढिएको

वीरगंज । पर्साको क्षेत्र नं २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रत्यक्षतर्फ उम्मेदवार बिना जयसवाल कुर्मी र समानुपातिक उम्मेदवार प्रियंका यादवले आफ्नो चुनावी अभियानलाई थप तीव्रता दिएका छन ।

 

वीरगंज महानगरपालिका सहर  नगरपालिका  तथा गाउँपालिकाका विभिन्न वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

 

उक्त कार्यक्रममा दुवै उम्मेदवारले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै आम नागरिकका चाहना तथा मुद्दाहरू सुनेका थिए।

 

घरदैलोका क्रममा स्थानीयबासीलाई आगामी निर्वाचनका एजेन्डा, विकास योजनाहरू र जनप्रतिनिधिको दायित्वबारे स्पष्ट जानकारी दिएका थिए ।

 

 उनीहरूले जनसुनुवाइमा आधारित कार्यशैलीको आवश्यकता औँल्याउँदै साँचो विकासका लागि मतदाताको समर्थन र विश्वासको अपेक्षा व्यक्त गरे।

 

पार्टीका नेताहरू तथा सक्रिय कार्यकर्ताहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम स्थानीयवासीबीच सकारात्मक प्रतिक्रिया  समेत प्राप्त भएको राप्रपाका युवा नेता नगिना यादवले बताए।

 

 कार्यक्रममा सहभागी मतदाताहरूले पनि शिक्षाको पहुँच, स्वास्थ्य सेवा, पूर्वाधार विकास र रोजगारी सिर्जनाका विषयमा उम्मेदवारलाई आफ्ना अपेक्षा सुनाए।

 

 घरदैलो कार्यक्रमले उम्मेदवारका र जनतावीचको संपर्कलाई मजबुत तुल्याएको विश्लेषकहरूले टिप्पणी गरेका छन्, जसले आगामी निर्वाचनमा राप्रपाको सन्देशलाई व्यापक रुपमा गाउँ–टोलसम्म पुर्याउन मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.