logo

सप्तरीमा प्रेस चौतारी नेपालको अधिवेशनमा माघ २५ मा

 इसीमाना सम्वाददाता     २०८१ माघ ८ गते ०७: ३४ मा प्रकाशित     362   पटक पढिएको

राजबिराज  । प्रेस चौतारी नेपाल सप्तरीको जिल्ला अधिवेशन माघ २५ गते शुक्रबार राजबिराजमा गर्ने निर्णय भएको छ ।

मंगलबार सप्तरीको भारदहमा बसेको जिल्ला कार्यसमितिको बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो ।

जिल्ला अध्यक्ष डम्बर राईको अध्यक्षता तथा केन्द्रीय सदस्य खगेन्द्र कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा मंसिर २८ मा सम्पन्न नेपाल पत्रकार महासंघ  सप्तरी शाखाको चुनावका बिषयमा समिक्षा भएको थियो ।

महासंघको चुनावमा सप्तरीमा संगठनले सतप्रतिशत नतिजा ल्याउन सफल भएको निष्कर्ष निकालिएको थियो । बैठकmले सहकर्मी संगठन नेपाल प्रेस युनियन र समाजबादी प्रेस संगठनको संयुक्त प्यानललाई चुनावमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने मतदाता,  निर्वाचन समिति र सुरक्षाकर्मी लगायतलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरको छ ।

 बैठकले प्रेस चौतारी नेपालमा नयाँ सदस्यता, सदस्यता नविकरण र जिल्ला अधिबेशन गर्ने सम्मको विषयमा छलफल भई निर्णय भएको थियोे ।

साथै जिल्ला अधिबेशनलाई सफल बनाउन कृष्ण मण्डलको संयोजकत्वमा आर्थिक समिति र पिन्टु यादवको संयोजकत्वमा व्यवस्थापन समिति गनठ गरिएको अध्यक्ष राइले बताए ।

 आर्थिक समिति सदस्यमा भुपदेव माली र नविन निर्भय यादव त्यसैगरी व्यवस्थापन समिति सदस्यमा पुनम पोखरेल र रवि शर्मालाई राखिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

पर्सामा मतदान प्रतिशत उच्च रहेको प्रराम्भिक अनुमान, यकिन बिवरण आउन केही समय लाग्ने

वीरगञ्ज ।  प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.