logo

बीरगंज महानगरका पूर्व प्रमुख सरावगी एमाले छाडदै

 इसीमाना सम्वाददाता     २०८१ बैशाख २६ गते ०४: ०१ मा प्रकाशित     873   पटक पढिएको

वीरगन्ज ।वीरगन्ज महानगरपालिकाको पूर्व विजय कुमार सरावगीले नेकपा एमालेसंगको नाता तोडने भएका छन । उनले नेकपा एमालेमा पाएको पदबाट राजीनामा दिएका छन ।

उनलाई नेकपा एमालेले सल्लाहकारको भूमिकामा राखेको थियो । सरावगीले आफूले पार्टीमा राजीनमा दिने बताए । राजीनमा पत्र पार्टीमा दर्ता गर्दै छु उनले भने नेकपा एमाले परित्याग गरेपनि अहिले आफू कुनै पार्टीमा नजाने प्रष्ट पारे ।


पूर्व प्रमुख सरवागी एमालेमा पाएको भूमिकाबाट सन्तुष्ट थिएनन । उनले कामकाजी जिम्मेवारी खाजेका थिए । उनले आश्वासन पनि पाएका थिए ।

तर पछिल्लो पटक उनले जिम्मेवारी नपाउने लख काटेर पार्टी परित्यागको बाटोमा लागेका हुन । उनले नेकपा एमालेमा जनमत भएका नेताहरुलाई जिम्मेवारीबाट अलग राख्ने काम भएको भन्दै आफनो असन्तोष ब्यक्त गरे ।

जसपा बिभाजको बेलामा उनले पार्टी परित्याग गर्दा जसपामा जानेहुन कि भन्ने चर्चा पनि चलेको छ । तर सरवागीले अििहले आफू कुनै पनि पार्टी गईहाल्ने अवस्थामा नरहेको प्रष्ट पारे ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.