logo

मनियारीका पूर्व उपाध्यक्ष यादव एमालेमा प्रवेश, राजनीतिक कार्यकर्ता र जनता एमालेमा जोडिदै

 इसीमाना सम्वाददाता     २०७९ बैशाख २२ गते २०: ३१ मा प्रकाशित     807   पटक पढिएको

बीरगंज महानगरपालिकाको निर्वाचन जति नजिक जादै छ उतिनै नेकपा एमालेसंग जोडिने राजनीतिक कार्यकर्ताको संख्या पनि थपिदै छ । बीरगंज महानगरपालिकाको वडा नं २२ मा राजनीतिक तथा सामाजिक क्षेत्रमा राम्रो छवी भएका सामाजिक अगुवाहरुले बिहिवार नेकपा एमालेलाई भविष्यको राजनीतिक तथा सामाजिक काम गर्ने औपचारिक मंच बनाउने निर्णय गरेका छन ।

 

उनीहरुलाई नेकपा एमालेमा संबिधान सभाका सदस्य एवं बीरगंज महानगरपालिकामा एमालेको तर्फबाट प्रमुखका उम्मेदवार बिजय कुमार सरावगीले अविर र गम्छा लगाएर पार्टीमा स्वागत गरेका हुन ।


साविकको मनियारी गाविसको उपाध्यक्ष रहनु भएका बीरेन्द्र यादवको एमालेमा आएपछि एमालेको शक्ति बढेको छ । राजनीतिका माध्यमले समाज सेवा गर्दै आएका यादवले अवको दिन एमालेबाटै त्यो अभियान संचालन गर्ने बताए ।

 

यादव सहितको एमाले प्रवेशले मनियारीको राजनीतिक शक्ति सन्तुलनमा निर्णायक भूमिका खेल्ने र त्यसले सिंगो महानगरमा पनि एमालेकालागि अनुकुल प्रभाव पार्ने संबिधान सभाका सदस्य बिचारी यादवले बताए ।

 


मनियारीका नेकपा माओवादी केन्द्रका पर्सा जिल्ला सदस्य हरिन्द्र यादवले पनि एमाले राजेका छन । उनले कम्युनिष्ट आन्दोलनको मुल प्रवाह एमाले भएको भन्दै जसका बिरुद्ध लडदै आइयो उनीहरुको पिछलग्गु हुदै गएकोले माओवादी परित्याग गरेको बताए ।


त्यस्तै जसपाका दरोगा तुराह, कृष्ण यादव,नथुनी साह ,जितेन्द्र यादव ,बिन्दा ठाकुर र वडा नं १४ का मनोज नेपाली र ९ का राधेश्याम थापा पनि आजै एमालेमा प्रवेश गरेका छन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.