logo

संघीय शिक्षक फोरम नेपालको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

 इसीमाना सम्वाददता     २०७९ बैशाख १७ गते ०९: २१ मा प्रकाशित     567   पटक पढिएको

संघीय शिक्षक फोरम नेपाल वीरगञ्ज महानगरपालिकाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउने सम्बन्धमा छलफल भएको थियो ।

शिक्षक फोरम नेपाल वीरगञ्ज महानगर समितिका अध्यक्ष गया प्रसाद चौरसियाको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मेयरका उम्मेदवार राजेशमान सिँहले बौद्धिक वर्गसँग समन्वय गर्दै महानगरको बिकास गर्नका लागि आफुले उम्मेदवारी दिएको बताए ।

५ वर्षसम्म सरुवा तथा बढुवा र शिक्षामा भ्रष्टाचार गरेर शैक्षिक क्षेत्रलाई अस्तव्यस्त बनाएको हुँदा अब आफुले शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउने सिँहको भनाई छ ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादव, नेपाली कांग्रेसको तर्फबाट उपमेयरका उम्मेदवार इम्तियाज आलम, जसपाका केन्द्रिय सदस्य जनार्दन प्रसाद यादव, नेपाली कांग्रेसका नेता श्याम पोखरेल, प्रकाश उपाध्याय, जसपा मधेश प्रदेशकी बरिष्ठ उपाध्यक्ष पिंकी देवी यादव, नेतृ अन्नपुर्ण मानन्धर, जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव, सचिव तबरेज अहमद, जसपाका नेता मुकेश द्विवेदी लगायतको उपस्थिती रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.