logo

पत्रकारकालागि  बिशेष राहत प्याकेज घोषण गर्न सरकारसंग पत्रकार महासंघको माँग

      4/14/2020 गते 00 00 मा प्रकाशित     1123   पटक पढिएको

काठमाण्डौ  २ बैशाख । 
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा र महासंघको डिजिटल मिडिया समितिको संयोजनमा कोरोना–१९ महामारीका सन्दर्भमा नेपाल पत्रकार महासंघले डिजिटल सम्वाद कार्यक्रम आयोजना गरेको छ।

संवाद कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले कोरोना महामारीमा पत्रकारहरु अग्रपंक्तिमा काम गर्नुपर्ने भएकाले उच्च जोखिममा रहेको बताउनु भयो । उहाँले अहिलेको विषम परिस्थितिमा पत्रकारले सत्यतथ्यमा आधारित रहेर जिम्मेवार पत्रकारिता गर्नुपर्ने बताउनु भयो । सञ्चार क्षेत्र गम्भीर संघारमा रहेकाले विशेष राहत प्याकेज घोेषणा गर्न पनि अध्यक्ष आचार्यले सरकारसँग माग गर्नु भयो ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सञ्चारकर्मीहरुलाई आचारसंहिता पालनामा गम्भीर हुन आग्रह  गर्नु भयो । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले संकटका बेला पत्रकारहरु पारिश्रमिकबाट बञ्चित भएको बताउँदै श्रमजीवि पत्रकार थप समस्यामा परेको बताउनु भयो ।

डिजिटल सम्वादमा महासंघका पूर्व सभापति डा. सुरेश आचार्य, पूर्व अध्यक्ष शिव गाँउले, महासंघका महासचिव रमेश विष्ट, प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहाल, नेपाल प्रेस यूनियनका अध्यक्ष बद्रि सिग्देल, महासंघका प्रदेश अध्यक्ष एवम् उपाध्यक्षहरु, अनलाइन पत्रकार संघका पूर्व अध्यक्ष प्रवेश सुवेदीलगायतले धारणा राखेका थिए।

संवाद कार्यक्रममा महासंघका प्रदेश समितिका अध्यक्षहरुले आ–आफ्नो प्रदेशको पत्रकारिता अवस्थाको बारेमा जानकारी गराएका थिए। कार्यक्रममा महासंघका महासचिव विष्टले महासंघले सञ्चारगृहहरुमा गरेको स्थलगत अनुगमन प्रतिवेदन प्रस्तुत गरेका थिए।

महासंघका सचिव प्रकाश थापाले डिजिटल संवादमा मध्यस्तकर्ताको भूमिकामा थिए। महासंघको डिजिटल मिडिया समितिको संयोजक लेखनाथ न्यौपानेले कार्यक्रमको संयोजन गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.