logo

पत्रकारकालागि  बिशेष राहत प्याकेज घोषण गर्न सरकारसंग पत्रकार महासंघको माँग

      4/14/2020 गते 00 00 मा प्रकाशित     1273   पटक पढिएको

काठमाण्डौ  २ बैशाख । 
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा र महासंघको डिजिटल मिडिया समितिको संयोजनमा कोरोना–१९ महामारीका सन्दर्भमा नेपाल पत्रकार महासंघले डिजिटल सम्वाद कार्यक्रम आयोजना गरेको छ।

संवाद कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले कोरोना महामारीमा पत्रकारहरु अग्रपंक्तिमा काम गर्नुपर्ने भएकाले उच्च जोखिममा रहेको बताउनु भयो । उहाँले अहिलेको विषम परिस्थितिमा पत्रकारले सत्यतथ्यमा आधारित रहेर जिम्मेवार पत्रकारिता गर्नुपर्ने बताउनु भयो । सञ्चार क्षेत्र गम्भीर संघारमा रहेकाले विशेष राहत प्याकेज घोेषणा गर्न पनि अध्यक्ष आचार्यले सरकारसँग माग गर्नु भयो ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सञ्चारकर्मीहरुलाई आचारसंहिता पालनामा गम्भीर हुन आग्रह  गर्नु भयो । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले संकटका बेला पत्रकारहरु पारिश्रमिकबाट बञ्चित भएको बताउँदै श्रमजीवि पत्रकार थप समस्यामा परेको बताउनु भयो ।

डिजिटल सम्वादमा महासंघका पूर्व सभापति डा. सुरेश आचार्य, पूर्व अध्यक्ष शिव गाँउले, महासंघका महासचिव रमेश विष्ट, प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहाल, नेपाल प्रेस यूनियनका अध्यक्ष बद्रि सिग्देल, महासंघका प्रदेश अध्यक्ष एवम् उपाध्यक्षहरु, अनलाइन पत्रकार संघका पूर्व अध्यक्ष प्रवेश सुवेदीलगायतले धारणा राखेका थिए।

संवाद कार्यक्रममा महासंघका प्रदेश समितिका अध्यक्षहरुले आ–आफ्नो प्रदेशको पत्रकारिता अवस्थाको बारेमा जानकारी गराएका थिए। कार्यक्रममा महासंघका महासचिव विष्टले महासंघले सञ्चारगृहहरुमा गरेको स्थलगत अनुगमन प्रतिवेदन प्रस्तुत गरेका थिए।

महासंघका सचिव प्रकाश थापाले डिजिटल संवादमा मध्यस्तकर्ताको भूमिकामा थिए। महासंघको डिजिटल मिडिया समितिको संयोजक लेखनाथ न्यौपानेले कार्यक्रमको संयोजन गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.