logo

पापको भागीदार नबन्ने उद्धघोष गर्नुभएकी राज्यमंत्री झा मंत्रालयको काममा फर्किनु भयो

      2/24/2020 गते 00 00 मा प्रकाशित     1199   पटक पढिएको

जनकपुरधाम १२ फाल्गुण । 
 प्रदेश २ की भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पलकुमारी झा मंत्रालयको काममा फर्किनु भएको छ । प्रदेश सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्ने संसदीय दलका नेता भौतीक पूर्वाधार मंत्री जितेन्द्र सोनलले नै राज्यमंत्रीलाई काममा फर्किन आग्रह गर्नु भएको हो ।

 

उहाँले नै मिलेर काम गरौ भनेर राज्यमंत्री ज्यूलाई काममा फर्काउनु भएको मंत्री सोनलको सचिवालयले जनाएको छ । राज्यमंत्री झाले दिएको दिएको राजीनामा पार्टीले अस्वीकृत गरेसंगै आज एक बजेदेखी मंत्रालयको काम सम्हाल्नु भएको मंत्रालयले जनाएको छ ।

 

झाले प्रदेशका मुख्यमन्त्री र आर्थिक मामिलामन्त्रीसँग असन्तुष्टि जनाउँदै १४ माघमा राजीनामा दिनु भएको थियो । राज्यमंत्री झा मंत्रालय फर्किदा उहाँले उठाएका समस्या हल भए नभएको केही सार्वजनीक भने गरिएको छैन । 

 

त्यसबेला उहाँले “डेढ वर्षदेखि निरन्तर प्रयत्न गर्दा पनि पदीय मर्यादा जोगाउन नसक्ने अवस्था आएपछि पापको भागीदार किन बन्ने भनेर राजीनामा दिएकी हुँ ” भन्नु भएको थियो ।

 

अव पापको भागीदार नबन्ने कस्तो वतावरण बन्यो की उहाँ सरकारमा फिर्ता हुनु भयो त्यो बिषयमा उहाँले केही पनि सार्वजनीक गर्नु भएको छैन । तर पार्टीले राजीनामा अस्वीकृत गरेको भन्दै सोमबारबाट उहाँ मन्त्रालय फर्किनु भएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

वीरगंजमा पचास प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु, भोलि पनि जारी रहने

वीरगंज । वीरगंज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। शाखाका अनुसार हिजोदेखि प्रारम्भ गरिएको वितरण कार्यक्रम भोलि पनि निरन्तर रहनेछ।

धनुषामा गरिब परिवारलाई उठीबास गराएको आरोप, हेडमास्टर यादव विवादमा

जनकपुरधाम । धनुषाको गणेशमानचारनाथ नगरपालिका–११ डुमरियामा एक गरिब परिवारलाई जबरजस्ती उठीबास गराएको आरोप सार्वजनिक भएको छ। उक्त आरोप स्थानीय हेडमास्टर शम्भु यादवमाथि लागेको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.