logo

पर्सामा संयुक्त प्यानलको निर्वाचन परिचालन समिति गठन

      4/21/2018 गते 00 00 मा प्रकाशित     1219   पटक पढिएको

बीरगंज ८ बैशाख । 
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ को निर्वाचनको सन्दर्भमा पर्साका तीन वटा पत्रकार संगठनबीच आज छलफल भएको छ ।


 वीरगन्जको होटल विजय ज्योतीमा सम्पन्न प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेण्टर पर्साको संयुक्त बैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउनका लागि निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।

 

प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा बसेको बैठकले प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारी, प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष नीरज पिठाकोटे मगर र एकजना महिला सहित आवश्यकता अनुसार पछि सदस्य थप गर्ने गरि सात सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।

 

निर्वाचन परिचलन समितिले निर्वाचनमा तीनवटै संगठनका साझा उम्मेदवारलाई जिताउन महत्वपूर्ण भूमिका खेल्ने निर्णय गरेको छ ।

 

बैठकमा संयुक्त प्यानलका अध्यक्षका उम्मृदवार दीपेन्द्र चौहान उपाध्यक्षका उम्मेदवार के.सी.लामिछाने सदस्यपदका उम्मेदवार जगत राईको पनि सहभागिता रहेको थियो ।

 

बैठकमा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नम्बर २ का संयोजक लालबाबु शेष, पूर्व उपाध्यक्ष महेश दास, अनुशासन समितिका सदस्य केसी लामिछाने, प्रेस चौतारीका अनुप तिवारी, सचिव सञ्जिव मिश्र, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बञ्जाराको उपस्थिति रहेको थियो ।

 

त्यस्तै युनियनका तर्फबाट जिल्ला अध्यक्ष रामनारायण कुर्मी, शंकर खतिवडा, दिपेन्द्र चौहान, अशोक तिवारी, रितेश त्रिपाठी, रामराज्य यादव र प्रेस सेण्टरको तर्फबाट जिल्ला अध्यक्ष नीरज पिठाकोटे मगर, प्रदेश सदस्य जगत राई लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सोनवर्षा स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रम, २५ जनाद्वारा रक्तदान

वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षास्थित स्वास्थ्य चौकीको प्राङ्गणमा शनिबार आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.