logo

प्रदेश नम्बर २ को सम्वृद्धि कृषि, उद्योग र पर्यटनमा जोड 

      4/4/2018 गते 00 00 मा प्रकाशित     1468   पटक पढिएको

वीरगन्ज, २१ चैत्र । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले प्रदेशको विकासका लागि भ्रष्टाचार नियन्त्रण गरी सुशासन आवश्यक रहेको बताएका छन् ।

प्रदेश नम्बर २ को आगामी नीति र कार्यक्रमको तर्जुमा तथा परिमार्जन सम्बन्धमा आयोजना गरिएको सुझाव संकलन कार्यक्रममा मुख्यमन्त्री गद्दीले प्रदेश नम्ब २ को विकासका लागि भ्रष्टाचार नियन्त्रण आवश्यक रहेको बताएका हुन् ।

उनले केन्द्रीय बजेट विनियोजन गर्दा जनसंख्या, गरिबीको प्रतिशत र मानव विकास सूचकांकको आधारमा गरिनुपर्ने बताउदै क्षमताले भ्याए सम्म प्रदेश नम्बर २ ले यहाँका निजीक्षेत्र तथा प्रदेश नम्बर २ का नागरिकले दिएको सुझावलाई कार्यान्वयनमा लाने प्रतिवद्धता व्यक्त गरे ।

सीमित साधन र स्रोत भएको प्रदेशमा जनताको चाहाना असीमित भएकाले त्यसलाई व्यावस्थापन गर्दै लाने भएकोले कुनै शंका नगर्न आग्रह पनि गरे । निजीक्षेत्रलाई प्रदेशमा उद्योगमा लगानी गर्न लगानीमैत्री वातावरण तयार गर्न प्रदेश सरकारबाट गर्नुपर्ने जुनसुकै सहयोग पनि गर्न तयार रहेको बताउदै उनले सुशासन कायम गरी सम्वृद्धिको आधार तयार पार्ने बताए ।

प्रदेश २ को विकासका लागि शिक्षामा विशेष जोड दिईने र केन्द्रसँग पनि प्रदेशका लागि विशेष प्याकेजमै सहयोग गर्न अनुरोध गरेको जानकारी दिए । विकासको प्रचुर सम्भावना रहेको प्रदेश नम्बर २ मा कृषि, पर्यटन र शिक्षाको हब बनाउन सकिने बताए ।

कार्यक्रमा प्रदेश नम्बर २ का अर्थमन्त्री विजय यादवले विकासको महत्वपूर्ण आधार भनेको शिक्षा, स्वास्थ्य कृषि, उर्जा र उद्योग रहेकोले यसको लागि समानताको नीति आवश्यक रहेको बताए ।

संघीय सरकारको बजेट समानताको आधारमा विनियोजन हुनुपर्ने बताउदै क्षमता अनुसार सौर्य उर्जालाई सार्वजनिक नीजि साझेदारीको अवधारणामा लिएर जाने बताए । जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी कारखाना, कृषि औजार कारखाना संचालनको पहल गर्ने र शहिद परिवारलाई क्षमता अनुसारको सरकार रोजगारीको व्यावस्था गर्ने आश्वासन दिए ।

आफ्नो मन्तव्यमा धेरै केन्द्रलाई दोष लगाउन समय खर्चिएका मन्त्री यादवले अहिले नेपालमा हिंसा मच्चाईरहेको विप्लव, गोईत र ज्वाला सिंह समूह बेरोजगारीका कारण भएको बताउदै कोहीपनि विप्लव, ज्वाला, गोईतका कार्यकर्ता नभएको र उनीहरुले हिंसालाई व्यापार बनाईरहेको बताए ।

उनले यस्ता खाले हिंसात्मक गतिविधिलाई प्रदेश सरकारले सतर्कतापूर्ण समाधान गर्ने बताए । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्माको अध्यक्षतामा भएको छलफल तथा सुझाव कार्यक्रममा सहभागि उद्योगी व्यवसायीहरुले कृषि र पर्यटन उद्योगमा जोड दिन प्रदेश सरकारलाई सुझाव दिए ।

कार्यक्रममा उद्योगी जगदीश अग्रवाल, अशोक वैद, गणेश लाठ, अशोक टेमानी, प्रदीप केडिया, सुवोध गुप्ता, माधव राजपाल, आनन्द यादव लगायतले आ–आफ्ना सुझाव दिएका थिए । कार्यक्रमको सहजीकरण वीरगन्ज उद्योग वाणिज्य संघका प्रशासकीय अधिकृत मनोज उपाध्यायले गरेका थिए । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.