logo

राजनीतिमा दलितको पहुँच निराशाजनक : वत्ताहरु 

      3/22/2018 गते 00 00 मा प्रकाशित     1493   पटक पढिएको

वीरगन्ज, ८ चैत्र । दलितहरुले राजनीतिमा पहुँच बढाउन आफै अगाडि आउनुपर्नेमा राजनीतिक दलका नेताहरुले बताएका छन् । दलित सरोकार मञ्च नेपाल सप्तरी र जागरण सेण्टर नेपालको संयुक्त आयोजनामा वीरगन्जमा आयोजना गरेको ‘राजनीतिमा दलित समुदायको पहु“च’ विषयको मिडिया संवाद कार्यक्रममा दलित अगुवा तथा

अधिकारकर्मीहरुले तीनवटै तहको निर्वाचनमा दलितहरुलाई उपेक्षा गरेको दलित समुदायका अगुवाहरुले गुनासो गरेपछि पर्साका राजनीतिक दलका नेताहरुले केही दलित नेताहरुकै कारणले दलितहरुको समानुपातिक समावेशी प्रतिनिधित्व हुन नसकेको बताए ।

उनीहरुले दलितहरु अधिकारका लागि लड्दै आएको भएपनि राजनीतिको निर्णायक तहमा अझै पुग्न नसक्नुमा दलितहरुमा रहेको कमजोर मानसिकता नै मुख्य रहेको बताएका छन् । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सञ्चारकर्मी तथा दलित अधिकारकर्मी भोला पासवानले देशमा सम्पन्न तीनवटै तहको निर्वाचनमा दलित जनप्रतिनिधिहरुको उपस्थिति
संतोषजनक नरहेको बताए ।

अधिवत्ता प्रेमशंकर हरिजनको अध्यक्षतामा नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षामा आयोजित संवाद कार्यक्रममा नेकपा एमालका प्रभु पासवान, नेकपा माओवादी केन्द्रका बाबुराम कौशिक, नेपाली कांग्रेसका श्याम पटेल, संघीय समाजवादी फोरम नेपालका सुन्दर कुर्मी, राष्ट्रिय जनता पार्टी नेपालका शिव पटेल लगायत,

नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी लगायतले आ–आप्mना धारणा राखेका थिए । सञ्चारकर्मी वृजलाल पासवानले संचालन गरेको जागरण मिडिया सेण्टरका शिवहरी ज्ञवालीले कार्यक्रममाथि प्रकाश पारेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सोनवर्षा स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रम, २५ जनाद्वारा रक्तदान

वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षास्थित स्वास्थ्य चौकीको प्राङ्गणमा शनिबार आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.