logo

बिहारको प्रमुख अस्पताल एनएमसीएचका चिकित्सकद्वारा पन्ध्र दिन क्वारेन्टाइनमा राख्न सरकरसंग माँग

      3/28/2020 गते 00 00 मा प्रकाशित     1276   पटक पढिएको

पटना १५ चैत ।बिहारको राजधानी पटनामा रहेको नालंदा मेडिकल कलेज एवं अस्पतालका कनिष्ठ ८३ चिकित्सकहरुले आफूहरुमा कोरोनाको संक्रमण  हुन सक्ने भन्दै चिन्ता ब्यक्त गरेका छन । 

द हिदूको रिपोर्ट मुताविक उनीहरुले अस्पतालका प्रमुखलाई पत्र लेखेर आफूहरुलाई १५ दिन क्वारेन्टाइनमा राख्न अपिल गरेका छन । उनीहरुले कोरोना भाइरसबाट संक्रमीत हुने भयका कारण यस्तो अपिल गरेका हुन ।

एनएमसीएचलाई बिहारको पहिलो  कोरोनाबाट संक्रमित  हुने रोगीहरुलाई उपचार गर्ने अस्पतालको बनाउने घोषणा गरिएको छ । जुन अस्पताललाई राज्यको प्रमुख कोरोना संक्रमीतहरुको उपचारको अस्पताल घोषणा गरिएको छ त्यसकै चिकित्सकले आफूहरुलाई क्वारेन्टाइनमा राख्न माँग गरेर चुनौती खडा  गरिदिएका छन । 

एनएमसीएचका कनिष्ठ चकित्सकको पत्र अस्पताल प्रमुखले राज्यका स्वास्थ्य सचिव संजक कुमारलाई पठाएका छन । 
खासमा कनिष्ठ चिकित्सकहरुको चिन्ता पर्याप्त सुरक्षा अभावमा हो । अस्पतालमा नीजी सुरक्षात्मक उपकरण (पिपिई) एन (९०) मास्क र पंजा सुरक्षा गाउँनको अभाव रहेको छ । त्यहीका कारण पनि चिकित्सकहरुले चिन्ता ब्यक्त गरेका हुन ।


एनएमसीएचका कनिष्ठ चिकित्सकहरुको संघका अध्यक्ष डा.रवि रंजन कुमार रमन ले सबै खालको सुरक्षा उपकरण मेडिकल किट मास्क बिना आफूहरुले काम गरिरहेको बताउनु भयो ।त्यसै कारणले भाइरस संक्रमण आफूहरुलाई हुने प्रवल सम्भावना रहेको बताउनु भयो । हामी मध्य कतिपय  चिकित्सकमा भाइरसको लक्षण छ तर कसैले हाम्रो कुरा सुनिरहेको छैन डा.रमनले भन्नु भयो ।

अस्पतालमा  सुरक्षा उपकरणहरु छैनन हामी त्यसको प्रतिक्षा गरिरहेका छौ उहाँले भन्नु भयो“प्रतिक्षाको समयमै हामीले उपचार गरिरहेका छौ र आफूहरु मर्ने प्रतिक्षा गरे जस्तो भएको छ । राज्यका स्वास्थ्य सचिवले भिडियो कन्फ्रेन्स मार्फत समस्याको बिषयमा ब्यवस्थापनको प्रयास गरिरहेका छन ।

२३ मार्चाका दिन मुख्यमंत्री नितिश कुमारले चिकित्सक र पारमेडिकल कर्मचारीहरुकोलागि एक महिनाको तलव बराबरको राशी साहायता घोषणा गर्नु भएको छ ।कनिष्ठ चिकित्सकहरुले मुख्यमंत्रीले घोषणा गरेको राहत रकमबाटै उनीहरुकालागि पिपीई किट र मास्क उपलब्ध गराउन पत्रमा उल्लेख गरेका छन ।


देशको यूनाइटेड रेजिडेंट्स एंड डॉक्टर्स एसोसिएशनले  प्रधानमंत्री नरेंद्र मोदीलाई एउटा पत्र लेखेर  को पत्र एनएमसीएचका कनिष्ठ चिकित्सकहरुको मनोदशाप्रति ध्यानाकर्षण गराएको छ ।

 पीपीई किट, एन(९०) मास्क अभावलाई मध्यनजर गर्दै राज्य  सरकारले चिकित्सकहरुलाई एचआईवी प्रोटेक्शन किट प्रयोग गर्न निर्देश गरेको थियो । तर भिकित्सकहरुले  एचआईवी प्रोटेक्शन किटले पूर्ण रुपमा अनुहार नछोप्ने र त्यसमा आँखालाई सुरक्षीत राख्न चश्मा समेत नहुने बताएका छन। बिहारमा अहिले सम्म कोरोना भाइरसबाट ९ जना संक्रमीत देखिएका न भने एक जनाको ज्यान गएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.