logo

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

 इसीमाना सम्बाददाता     २०८१ चैत २ गते १२: ०५ मा प्रकाशित     565   पटक पढिएको

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

Lumbini Tailor-Made Tours and Holidays 2025-2026 | Cox & Kings 

टेक्सास राज्य संसद्को प्रतिनिधिसभाको १३ मार्च बिहीबार सम्पन्न बैठकले ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ को मान्यता दिने सङ्कल्प प्रस्ताव ५३० पारित गर्दै उक्त घोषणा गरेको हो ।

उक्त सङ्कल्प प्रस्ताव पारित भएपछि टेक्सस राज्य संसद्बाट ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ ले औपचारिक मान्यता पाएको छ । 

‘नेपाली लुम्बिनी एड्भोकेसी डे’सम्बन्धी प्रस्ताव पाकिस्तानीमूलका टेक्ससका राज्य सांसद सुलेमान लालानीले संसद् बैठकमा पेस गर्नुभएको थियो ।

Lumbini | Birthplace of Buddha | Nepal Tourism Board

उक्त प्रस्ताव संसद् बैठकबाट पारित हुँदा अमेरिका भ्रमणमा रहेका नेपालको लुम्बिनी सर्किटअन्तर्गत पर्ने पाँच वटा नगरपालिकाका मेयरहरू पनि सहभागिता रहेको थियो । 

प्रस्तावमा लुम्बिनीलाई बौद्धधर्मका लागि एक अत्यन्त पवित्रस्थल भएको भन्दै सिद्धार्थ गौतमको जन्मस्थलको रूपमा मान्यता प्राप्त रहेकोमा विशेष जोड दिइएको छ ।

 

यस क्षेत्रलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को०को विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको तथा बौद्ध धर्मावलम्बीको प्रमुख आध्यात्मिक गन्तव्य रहेको उल्लेख गरिएको छ ।

टेक्सासको ८९ औँ संसद्को प्रतिनिधिसभाले मार्च १३, २०२५ लाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ को रूपमा औपचारिक मान्यता दिएको र लुम्बिनीको प्रचार प्रसारको लागि भ्रमण गर्ने नेपाली मेयरहरुको प्रतिनिधिमण्डललाई हार्दिक स्वागत गर्ने समेत सङ्कल्प प्रस्तावमा उल्लेख गरिएको छ ।

Lumbini: The 9th Best Place to Visit in the World in 2025

लुम्बिनी सर्किटअन्तर्गतका पाँच वटा नगरपालिकाका मेयरहरूसहितको प्रतिनिधिमण्डल अमेरिकाको टेक्ससमा रहेको अवसरमा गैरआवासीय नेपाली सङ्घ अमेरिकाका उपाध्यक्ष तथा पर्यटन विभागमा प्रमुख नेत्र पाण्डे, नागरिक अगुवा प्रभात दीक्षितले उक्त सङ्कल्प प्रस्ताव पारित गराउन पहल गरेका थिए।  

नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले हरेक वर्ष १३ मार्चमा टेक्सस राज्यमा नेपाली समुदायको तर्फबाट ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ मनाइने गैरआवासीय नेपाली सङ्घ अमेरिकाका उपाध्यक्ष तथा पर्यटन विभागमा प्रमुख नेत्र पाण्डेले बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुनसरी दुर्घटना , मृतकको सङ्ख्या पाँच पुग्यो

इनरुवा । सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

भूमिहीनलाई जग्गा वितरणको तयारी, ७ दिनभित्र हकदावी पेश गर्न आयोगले निकाल्यो  सूचना

वीरगंज ।  नेपाल सरकारको भूमि समस्या समाधान आयोग, जिल्ला समिति पर्साले सखुवा प्रसौनी गाउँपालिकाको बिभिन्न वडामा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाबारे ७ दिने  सार्वजनिक सूचना जारी गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.