logo

रक्सौलको बिकासकालागि भारतीय मंत्रीसंग नेपाली उधोगीको माँग

      2/11/2019 गते 00 00 मा प्रकाशित     1692   पटक पढिएको

रक्सौल, २८ माघ 
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाको नेतृत्वमा सम्मिलित एक टोलीले भारतीय सडक पारवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीसँग भेटघाट गरेको छ । मन्त्री गडकरीको रक्सौल भ्रमणको क्रममा उहाँसँग भेटघाट गरिएको हो । 


भेटघाटका क्रममा वीउवासङ्घका अध्यक्ष केडियाले रक्सौल तथा वरपरको क्षेत्रमा रहेको सडक, राजमार्ग, पुल लगायतका भौतिक पूर्वाधारको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै सडक, राजमार्ग निर्माण तथा स्तरोन्नतिको लागि पहल गर्न आग्रह गर्नुभयो ।

 

उहाँले सन् १९७५ अगाडि नै सञ्चालनमा आई केहि कारणबस बन्द हुन गएको रक्सौल एयरपोर्टको स्तरोन्नति गरी पुनः सञ्चालनमा ल्याउन पनि मन्त्री गडकरीसँग आग्रह गर्नुभयो ।

 

मन्त्री गडकरीले रक्सौल एयरपोर्टको स्तरोन्नति तथा सञ्चालनको प्रक्रिया अगाडि बढिसकेको जानकारी गराउनुहुँदै यस वरपर क्षेत्रको सडक, राजमार्गको स्तरोन्नतिको लागि पहल गर्ने आश्वासन दिनुभयो । 


कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, उपाध्यक्ष अनिल पटवारी, महासचिव माधव राजपाल, कोषाध्यक्ष रविन्द्र बरनवाल लगायतका उपस्थिति रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.