पोखरिया । लायन्स क्लब अफ बीरगंज परिवार, लायन्स क्लब अफ पोखरिया तथा लायन्स क्लब अफ बीरगंज प्रभुको संयुक्त आयोजनामा शनिवार पर्साको पोखरिया नगरपालिका अन्तर्गत बैरिया गाउँमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया छनोट तथा सुगर र ब्लड प्रेसर चेकअप कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा ५६ जना बिरामीमा मोतियाबिन्दुको समस्या देखिएको छ । उनीहरुको यही जेठ ९ गते बीरगंज सामुदायिक आँखा अस्पताल मा निःशुल्क शल्यक्रिया गरिनेछ।
कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ पोखरियाका अध्यक्ष लायन नेजामुद्दिन समानीले गरेका थिए । डिष्ट्रिक्ट गभर्नर इलेक्ट राम बिहारी पाण्डे विशेष उपस्थिति रहेको थियो।
त्यसैगरी, पर्सा क्षेत्र नं. ३ का सांसद रामाकान्त प्रसाद चौरसिया , जोन चेयरपर्सन डा.लक्ष्मी थापा ,लायन्स क्लब अफ बीरगंज परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डे , लायन्स क्लब अफ बीरगंज प्रभु की उपाध्यक्ष लायन सरिता सिंह , तथा लायन्स क्लब अफ पोखरियाका उपाध्यक्ष लायन आशा चौहान को कार्यक्रममाउपस्थिति रहेको थियो।
कार्यक्रममा बीरगंज सामुदायिक आँखा अस्पताल तथा प्रभु अस्पतालका चिकित्सकहरूको सहभागिता रहेको थियो भने समाजका विभिन्न व्यक्तित्व तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममार्फत मोतियाबिन्दुको प्रारम्भिक परीक्षण, शल्यक्रियाका लागि बिरामी छनोट तथा निःशुल्क सुगर र ब्लड प्रेसर परीक्षण गरिएको आयोजकले जनाएको छ। मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने भावनाका साथ सञ्चालन गरिएको कार्यक्रमले स्थानीय नागरिकहरूलाई प्रत्यक्ष स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।
तपाईको प्रतिक्रिया