वीरगंज । वीरगंज महानगरपालिकाले सञ्चालन गरिरहेको “क्षयरोगमुक्त वीरगंज अभियान” अन्तर्गत वडा नं. २५ स्थित सिर्सिया स्वास्थ्य चौकीमा आज क्षयरोगी खोजी तथा परीक्षण शिविर सम्पन्न भएको छ।
शिविरमा एआई प्रविधियुक्त एक्सरेमार्फत करिब २ सय जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ५० जना संभावित क्षयरोगका बिरामी देखिएकाले थप पुष्टि गर्न उनीहरूको खकार परीक्षणका लागि पठाइएको छ।
महानगरपालिकाले समुदायस्तरमै पुगेर क्षयरोगको पहिचान, परीक्षण र उपचारलाई प्रभावकारी बनाउन अभियान सञ्चालन गर्दै आएको स्वास्थ्य शाखा प्रमुख राजु साहले जाकारी दिए ।
प्रारम्भिक चरणमै रोग पहिचान गरी उपचार प्रक्रिया अघि बढाउँदा क्षयरोग नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।
तपाईको प्रतिक्रिया