logo

नारायणी बयोधा अस्पतालमा स्थनीय प्रशासनको नेतृत्वमा संयुक्त अनुगमन, प्रजिअलाई प्रतिवेदन बुझाइने

      6/21/2021 गते 00 00 मा प्रकाशित     1450   पटक पढिएको

बीरगंजको नारायणी बयोधा अस्पतालमा सोमवार स्थानीय प्रशासनले अनुगमन गरेको छ ।  बिभिन्न संचार माध्यममा अस्पताल संचालनको अनुमती नरहेको समाचार सार्वजनीक भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले अनुगमन गरेको हो ।

 

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको नेतृत्वमा गएको टोलीले अस्पतालले दिने सेवा र उसले अस्पताल संचालनकालागि पाएको इजाजताको सम्बन्धमा अनुगमन गरेको थियो ।

 

टोलीले केही कागजात मागेको छ त्यसको आधारमा प्रतिवेदन बनाएर पर्साका प्रमुख जिल्ला अधिकारीलाई बुझाउने टोली नेता पौडेलले बताउनु भयो ।

 

 प्रतिवेदनका आधारमा के कारवाही हुने वा नहुने बिषय प्रमुख जिल्ला अधिकारीको तहबाट हुने उहाँले बताउनु भयो । प्रतिवेदन बुझाएपछिको प्रक्रियाका सन्दर्भमा प्रमुख जिल्ला अधिकारीले निर्णय लिने पौडेलको भनाई छ ।

 

 
टोलीमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनाल, बीरगंज महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख अरुण कुमार महतो उपभोक्ता हित संरक्षण मंच बीरगंज महानगर कमिटीका अध्यक्ष अजित भूजेल औषधी ब्यवस्था बिभागका प्रतिनिधि , जनस्वासथ्य कार्यालयका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुनसरी दुर्घटना , मृतकको सङ्ख्या पाँच पुग्यो

इनरुवा । सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

भूमिहीनलाई जग्गा वितरणको तयारी, ७ दिनभित्र हकदावी पेश गर्न आयोगले निकाल्यो  सूचना

वीरगंज ।  नेपाल सरकारको भूमि समस्या समाधान आयोग, जिल्ला समिति पर्साले सखुवा प्रसौनी गाउँपालिकाको बिभिन्न वडामा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाबारे ७ दिने  सार्वजनिक सूचना जारी गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.