logo

वीरगञ्जमा गृहमन्त्री लेखकद्वारा हैजा प्रभावितहरूको अवलोकन, नियन्त्रणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता

 इसीमाना सम्वाददाता     २०८२ भदौ १५ गते १२: १६ मा प्रकाशित     909   पटक पढिएको

वीरगञ्ज ।नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले पर्सा जिल्लामा फैलिएको हैजा महामारीका कारण उपचारकालागि भर्ना भएका बिरामीहरूसँग प्रत्यक्ष भेटघाट गरेका छन्।

 

हिजो वीरगञ्ज आइपुगेका मन्त्री लेखकले पहिलो दिन नारायणी अस्पतालको निरीक्षण गरेका थिए भने आइतवार बिहान वीरगञ्ज हेल्थ केयर र तराई अस्पताल पुगेका हुन्।

 

सो क्रममा उनले झाडापखाला तथा हैजा संक्रमित बिरामीहरूको स्वास्थ्य अवस्था बुझेर आवश्यक उपचार सुविधाबारे चासो राखेका थिए।

 

भेटघाटका क्रममा मन्त्री लेखकले सरकार हैजा नियन्त्रणका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै आवश्यक सबै सहयोग गर्ने आश्वासन दिए। “सरकारले कसैलाई पनि असहजमा पर्न दिँदैन, हैजा नियन्त्रणका लागि सबै तह र निकाय जुटेका छन्,” उनले भने।

 

मन्त्री लेखकले इमरजेन्सी वार्ड, आइसियु र सामान्य वार्डमा उपचरार्थ  बिरामीहरूसँग पनि प्रत्यक्ष संवाद गरेका थिए। मन्त्री लेखसंगै संघीय कानुन मन्त्री अजयकुमार चौरसिया, जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूको समेत सहभागिता थियो।

 

जनस्वास्थ्य कार्यालय पर्साका अनुसार जिल्लामा गत १० दिनयता १५९ जनामा हैजा पुष्टि भइसकेको छ। जसमध्ये ११२ जना निको भई घर फर्किएका छन् भने हाल विभिन्न अस्पतालमा ४७ जना मात्र उपचार गराई रहेका छन ।

 

स्वास्थ्यकर्मीहरूका अनुसार समयमै उपचार र सुरक्षित खानेपानीको व्यवस्थाका कारण संक्रमणको दर केही घट्ने संकेत देखिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स म्याराथन प्रतियोगिता सम्पन्न,डेसिमलका हुसेन र बिपीएसकी शर्मा प्रथम

वीरगञ्ज। स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.