logo

वीरगंजका शिक्षण संस्था १७ गते सम्मकालागि बिदा,सरसफाईका मापदण्डहरु परिपालन गर्न महाशाखाको निर्देशन

 इसीमाना सम्वाददाता     २०८२ भदौ १४ गते ०४: ४८ मा प्रकाशित     1020   पटक पढिएको

वीरगंज । वीरगंज महानगरपालिकाले फेरी पनि भदौ १७ गते  सम्मकालागि वीरगंजका सामुदायिक एवं संस्थागत बिद्यालयको बिदा बढाएको छ ।

 

हैजाको प्रकोपलाई मध्यनजर गर्दै भदौ १७ गते सम्म सबै विद्यालय तथा कोचिङ सेन्टरहरूको पठनपाठन  स्थगित हुने जनाएको छ ।


साथै यस बीचमा विद्यालयमा हैजाको  सङ्क्रमणलाई रोकथाम गर्न र विद्यालय सञ्चालनको पूर्व तयारीका लागि तयारी स्वरुप आवश्यक कदम चाल्न भन्दै  चार बूंदे निर्देशन समेत जारी गरेको छ । 

 


विद्यालयको शौचालय, खानेपानीको ट्याङ्की लगायतको सरसफाई गर्न, (खानेपानीको ट्याङ्कीमा क्लोरिनको झोल राखी पानी शुद्धिकरण गर्न,विद्यालयमा वासको फोकल पर्सन तोकी स्वास्थ्य संस्थाको प्रत्यक्ष सम्पर्कमा रहन  र विद्यालयको विद्यार्थीहरू कोही संक्रमित भए नभएको जानकारी लिई हैजा रोग लागेको भए सोको जानकारी महाशाखामा गराउन समेत महानगरको शैक्षीक प्रशासन महाशाखाले निर्देशन जारी गरेको छ । 

 

महाशाखाले  सरसफाईका मापदण्डहरुलाई पूर्ण रुपले परिपालना गरी विद्यालयमा पठनपाठन गर्नका लागि पूर्व तयारी गर्न सबै विद्यालय, इन्स्टिच्युट तथा शैक्षिक संस्थाहरूलाई निर्देशन दिएको छ । वीरगंजमा हैजाको संक्रमण देखा परेपछि महानगरले बिद्यालयहरुलाई बिदा दिदै आएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स म्याराथन प्रतियोगिता सम्पन्न,डेसिमलका हुसेन र बिपीएसकी शर्मा प्रथम

वीरगञ्ज। स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.