logo

बेलायतको स्कटल्याण्ड राज्यमा रहेका  नेपालीहरुले दिएको ५ थान अक्सिजन कन्सन्ट्रेटर  नारायणी अस्पताललाई हस्तान्तरण

      6/15/2021 गते 00 00 मा प्रकाशित     1210   पटक पढिएको

बेलायतको स्कटल्याण्ड राज्यमा रहेका  नेपालीहरुले बीरगंजको नारायणी अस्पताललाई ५ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएका छन ।

 

कोभिड १९ को संक्रमणको हट स्पट बनेको बीरगंजको नारायणी अस्पतालमा मात्रै ७ सय भन्दा बढी संक्रमीत भर्ना भए । २६ प्रतिशतको हाराहारीमा बिराीको मृत्यु भयो ।

 

यस क्षेत्रका नागरिकको जीवन रक्षामा थोरै भएपनि योगदान पुगोस भनेर युनाइटेड किङ्गडम्सको स्कटल्याण्डमा रहेका नेपालीहरुले सहयोगमा कन्सन्ट्रेटर पठाएका हुन ।

 

त्याहाका नेपालीले २० वटा कन्सन्ट्रेटर नेपालमा उपलब्ध गराएका हुन । त्यस मध्य चितवनमा १० पोखरा  बुटवल  र बीरगंजमा पाँच पाँच वटा उपलब्ध गराइएको पत्रकार प्रकाश अर्यालले जानकारी दिनु भयो ।  कन्सन्ट्रेटरको मूल्य साढे सात लाख रुपैया रहेको बताइएको छ ।

 

कन्सन्ट्रेटर हस्तान्तरण  गर्दै पत्रकार अर्यालले एनआरएन स्कटल्याण्डमा संगठीत नेपालीहरुले नेपालको अवस्थामा केही सहयोग गर्ने मनोभावका साथ काम गरेको बताउनु भयो । स्कटल्याण्डमा बस्दै आउनु भएका अर्यालले नेपालको सीमा शहर बीरगंज हट स्पट बनेको सुनेका थियौ त्यही भएर पनि केही मात्रमा हाम्रो सहयोग याहा पनि आइपुगोस भन्ने थियो यो समान हस्तान्तरण गर्न पाउदा सन्तोष लागेको छ भन्नु भयो ।

 

उहाँले स्कटल्याण्डका सहयोगी हात र नेपालमा ब्यवस्थापकीय सहयोग पुर्याउने सबैलाई धन्यवाद दिनु भयो । 
सोही अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले स्कटल्याण्डका सबै नेपाल िदाजुभाईलाई आभार प्रकट गर्नु भयो ।

 

उहाँले तेश्रो भेरियन्टको कुरा पनि आइरहेको भन्दै सहयोगी हातहरुलाई सहयोग गर्न अझै अपिल गर्नु भयो । केन्द्रीय सदस्य के.सी.लामिछानेले नेपालको स्वास्थ्य संरचना बलियो नभएको अवस्थामा बिदेशमा रहनु भएका नेपालीले गर्नु  भएको सहयोगले नेपालीहरुकोलागि ठुलो बल मिलेको बताउनु भयो  ।

 

उहाँले कमजोर स्वास्थ्य संरचना भएको मुलुकमा  स्कटल्याण्डमा रहनु भएका नेपाली दाजुभाईले उपलब्ध गराउनु भएको सहयोगले आशाको संचार गराएको भन्दै आभार प्रकट गर्नु भयो । 

 


अक्सिजन कन्सन्ट्रेटर बुझ्दै बीरगंजको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डा. वीरेन्द्र प्रधानले स्कटल्याण्डका नेपाली दाजुभाई प्रति बिशेष आभार प्रकट गर्नुृ भयो । उहाँले समस्यामा परेका दाजुभाईले राम्रो उपचार पाउन भन्ने उद्धेश्यले उपलब्ध गराउनु भएको सहयोग प्रति मनैदेखी प्रशंसा गर्नु भयो । उहाँले यो सहयोग पूर्ण रुपमा सदुपयोग हुने बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.