logo

बीरगंज महानगरले चलाएको कोभिड अस्थायी अस्पतालपनि निशुल्क उपचार अस्पतालको सूचीमा

      6/10/2021 गते 00 00 मा प्रकाशित     979   पटक पढिएको

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालसहित निजी तथा मेडिकल कलेजमा समेत कोरोना संक्रमितको नि शुल्क उपचार हुने व्यवस्था गरेको छ।

 

मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग कोरोना संक्रमितको नि शुल्क उपचारका लागि सम्झौता गर्दै आइरहेको छ।


मन्त्रालयको बुधबारसम्मको तथ्यांक अनुसार देशभरका ८३ वटा अस्पतालमा कोरोना संक्रमितको नि शुल्क उपचार हुने छ। मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजमा कोभिड–१९ केयर युनिट संचालन गर्ने र नि शुल्क उपचार सेवा दिने व्यवस्था गरेको हो।

यी अस्पतालहरुमा उपचारका लागि पुग्ने कोरोना संक्रमितको अस्पतालले नि शुल्क उपचार गर्नुपर्ने हुन्छ। ती बिरामीहरुको उपचार गरेबापतको खर्च स्वास्थ्य मन्त्रालयले बेहोर्ने मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीको भनाइ छ।

 

‘कुनै पनि कोरोना संक्रमितले मेरो उपचार खर्च म तिर्न सक्दिन वा तिर्दिन सरकारले नै मेरो उपचार गर्नुपर्छ भन्यो भने, त्यस्ता बिरामीको पनि यी निजी अस्पताल तथा मेडिकल कलेजमा नि शुल्क उपचार हुन्छ,’ डा अधिकारीले भन्नु भयो , ‘यी अस्पतालहरुले कोरोना संक्रमितको उपचार गरेबापत लागेको खर्च स्वास्थ्य मन्त्रालयले बेहोर्छ।’

निशुल्क भित्र के के पर्छ ?

१.सामान्य रगत परीक्षण (जस्तै  सिरम, युरिया, क्रियटिनिन्, सुगर, सिआरपी, सिबिसी, हेमोग्लोबिन, प्लेटलेट, इएसआर, एएसटी, एएलटी आदी)

२. छातीको एक्सरे

३. उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधि

४. बिरामीको शय्या शुल्क

५. खाजा तथा खाना सहित चार छाक

६. चिकित्सक तथा नर्सको राउन्ड सेवा

७.अक्सिजन

तर, यी सेवा निशुल्क छैन

१. आइसीयू बाहेकका बिरामीमा पिसिआर

२. रेम्डिसिभिर

३. प्लाज्मा थेरापी

४. सिटी स्क्यान

५.हायर एन्टिबायोटिक्स

निशुल्क उपचारकोलागि संघ सरकारले देश भरिका ८३ अस्पतालहरुको सूची जारी गरेको छ । प्रदेश २ मा जनकपुरको जानकी मेडिकल कलेज बीरजंजको नेशनल मेडिकल कलेज र बीरगंज महानगरपालिकाले संचालन गरेको अस्थायी कोभिड अस्पतालको सूची निशुल्क उपचार गर्ने अस्पतालको सूचीमा परेको छ ।

 

दुईवटा मेडिकल कलेजको ब्यवस्थापन संघ सरकारले गरेको हो  भने बीरगंजको अस्थायी अस्पतालको ब्यवस्थापन बीरगंज महानगरपालिकाले गरेको हो ।

 

यद्धपी खर्च भने संघ सरकारले ब्यहोर्ने स्वासथ्य मंत्रालयले जनाएको छ । प्रदेश २ मा प्रदेश सरकारले अन्य कुनै अस्पतालको ब्यवस्थापन गरेको छैन । प्रदेश १ सरकारले समेत सरकारी अस्पताल बाहेक अन्य १ अस्पतालको ब्यवस्थापन गरेको छ ।

 

गण्डकी प्रदेश सरकारले ३१ वटा अस्पतालमा निशुल्क उपचारको ब्यवस्थापन गरेको छ । बाग्मती प्रदेश सरकारले १४ वटा अस्पतालमा कोभिडका बिरामीको निशुल्क उपचारको ब्यवस्था मिलाएको छ । सुदुरपश्चिम सरकारले ११ वटा अस्पतालमा यो सुविधा उपलब्ध गराउने ब्यवस्था मिलाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.