logo

अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने महत्वकांक्षी लक्ष्यका साथ  म्याग्नस फर्मास्युटिकल्सले प्यारेन्टल तथा इन्जेक्टेबल औषधी उत्पादन गर्ने

 इसीमाना सम्वाददाता     २०८१ फागुन २० गते ०९: ५३ मा प्रकाशित     667   पटक पढिएको

वीरगन्ज । वीरगन्ज पथलैया औद्योगिक करिडोरमा स्थापित औषधी उत्पादन गर्ने उद्योग म्याग्नस फर्मास्युटिकल्सले आफना उत्पादनलाई अन्तराष्ट्रिय बजार सम्म पुर्याउने उदघोष गरेको छ ।

 

 १ सय ९ ब्राण्ड सहित २ सय ७ प्रकारका (ओरल सोलीड डोजेज, ट्याब्लेट र क्याप्सुल)औषधी उत्पादन गर्दै आएको उधोगले अव इन्जेक्टेबुल औषधीको उत्पादन तयारी गर्दै गर्दा यस्तो उद्घोष गरेको हो ।


उधोगले उत्पादन गरेको ट्याब्लेट र क्याप्सुल अहिले पनि भेनेजेजुएला र मोरिससमा निर्यात हुदै आएको छ ।

 अन्तराष्ट्रिय क्षेत्रले गुणस्तर भएको बस्तुको मात्र उपभोग गर्छ म्यागन्सले उत्पादन गरेको औषधी बिदेशमा निर्यात हुनुले गुणस्तरीयताको परार्वतन भएको उधोगका प्रवन्धक सुधिर प्रकाश मास्के बताउछन ।


उधोगले ट्याब्लेट,क्यापसुल  र मलम उत्पादन गर्दै आइरहेको छ । आउदो बैशाख देखी इन्जेक्टेबुल र आइ ड्रप सहितको औषधी उत्पादन गर्ने जनाएको छ ।

इन्जेक्टेबुल औषधी उत्पादन गर्ने उधोग नेपालमा निकै कम छन । पछिल्लो पटक म्याग्न्स सहित इन्जेक्टेबुल औषधी उत्पादन गर्ने उधोगको संख्या ५ पुग्छ । मुलकुमा ७६ वटा औषधी उधोगहरु संचालनमा रहेका छन । 

मंगलवार बीरगंजको होटेल भिषूवामा पत्रकार सम्मेलनको आयेजना गरि उधोगले नयाँ उत्पादनका बिषयमा पनि जानकारी गराएको हो ।

उधोगले इन्जेक्टेबुल औषधी तर्फ १ एमएल,२ एमएल र १० एमएलका एम्पुल उत्पादन गर्ने छ । उधोगसंग  प्रति दिन १ लाख ५५ हजार एम्पुल उत्पादन गर्ने क्षमता रहेको प्रवन्ध निर्देशन सर्बोत्तम गिरीले जानकारी दिए ।

उनका अनुसार २ एमएल, ३० एमएल  र १०० एमएलका भायलहरु प्रतिदिन १ लाख ५ हजार  र आई ड्रप ९० हजार बोटल उत्पादन गर्ने क्षमता रहेको छ । 


इन्जेक्टेबुल प्लान्ट निकै आशावादी र सकारात्मक सोच राखेर शुरु गएिको उधोगका  प्रवन्ध निर्देशक सुधिर प्रकाश मास्केले बताए ।

उनका अनुसार उधोगले आउदो बैशाख १ गते बाट सूईजन्य (इन्जेक्टेबुल) औषधीको उत्पादन शुरु गर्ने छ ।

उनले गुणस्तरीय र सुरक्षीत औषधी उपभोग गर्न पाउनु प्रत्येक नेपाली नागरिकको मौलीक हक भएको र उधोगले नागरिकको यो हकको उच्च सम्मान गर्दै गणुुस्तरीयतामा  कुनै सम्झौता नगरिएको बताए ।

 
उधोगका बित्तिय निर्देशक बिनित लोहियाले इन्जेक्टेबुल प्लान्ट र वेयरहाउस निर्माणमा १ अर्वको लागनी गरिएको जानकारी दिए ।

 

मुलुकको आर्थिक अववस्था नाजुक रहदा रहदै पनि चुनौतीहरुको सामना गर्दै लागनी गरेको उनको भनाई छ ।

 

हामी २३ जना लगानीकर्ताले आँट गरेर डेढ अर्व ऋण लिएर भएपनि उच्च गुणस्तरको औषधी उत्पादन गर्न लगानी गरेका छौ उनले भने“देशको बर्तमान शिथिल अर्थतन्त्रलाई उकास्न,आयात प्रतिस्थापन गर्न र रोजगारी सृजनामा योगदान पुग्ने बिश्वास लिएको छु ” । 


कार्यकारी निर्देशक मन्जmुल श्रेष्ठले  क्रिटिकल केयर, पेन मेनेजमेन्ट, न्युरो, साइक्याट्री, अप्थाल्मिक, ईएनटी र एनेस्थेसिया आदिका प्यारेन्टल तथा इन्जेक्टेबल औषधीहरु बनाउन लागिएको बताइन। 

उनले भनिन्,  ‘म्याग्नस फर्मा सन् २००७ मा स्थापना भएर सन् २००९ देखि औषधि उत्पादन गर्न सुरु गरेको कम्पनी हो।

 बिगत १६ वर्षको अवधिमा म्याग्नस फर्मा देशकै एक प्रमुख प्रतिष्ठित औषधि उत्पादकका रुपमा स्थापित छ । हामीले ५ वटा औषधिहरु नेपाली बजारमानै पहिलोपटक र ३४ भन्दा बढी प्रकारका औषधिहरु पहिलो पटक नेपालमा उत्पादन गरेका छौं।ु

विभिन्न रोगका दुईसय भन्दा बढी औषधि उत्पादन गर्दै आएको म्याग्नस फार्मास्युटिकल्सले इन्जेक्टेबुल र आँखामा लगाउने आईड्रप तथा नाकमा लगाउने नजल ड्रप उत्पादन गर्ने अत्याधुनिक प्लाण्टको स्थापना गरेको छ ।


विश्व स्वास्थ्य संगठनको कुशल औषधि उत्पादन अभ्यास तथा विभिन्न अन्तराष्ट्रिय मापदण्ड अनुसार अत्याधुनिक प्यारेन्टेरल प्लान्ट [स्टेराइल प्लान्ट ] निर्माणको अन्तिम चरणमा छ। 

 

पत्रकार सम्मेलनअघि उक्त प्लान्ट भ्रमण गराइएको थियो। प्लान्टमा प्रयोग प्रविधि, उत्पादन पद्धति र प्रणालीबारे जानकारी दिइएको थियो।

अहिले उत्पादनको परीक्षणकाल चलिरहेकोले चाडै उत्पादन बजारमा ल्याउने कम्पनीले जनाएको छ ।
कम्पनीले मंगलवार नै काठमाडौं र वीरगन्जका पत्रकारहरुलाई उद्योगको भ्रमण समेत गराएको छ ।

 उद्योगमा भ्रमण गराउने क्रममा कम्पनीले उत्पादन गर्न प्रयोग गर्ने कच्चा पदार्थ, उत्पादन प्रकृया, उत्पादनका लागि अपनाईने स्वास्थ्य सुरक्षाको मापदण्ड, भण्डारण, प्रशोधन, अनुसन्धान परीक्षण र उत्पादित वस्तुको बजारमा पुर्याउने लगायतका विषयमा सञ्चारकर्मीहरुलाई जानकारी गराएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.