logo

वीरगंजमा बेकरी उद्योगको अनुगमन सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन

 इसीमाना सम्वाददाता     २०८२ जेठ ९ गते ०७: ०९ मा प्रकाशित     586   पटक पढिएको

वीरगंज । वीरगंज महानगरपालिकाले नगर क्षेत्रभित्रका खाद्य उद्योगहरूको अनुगमन शुरु गरेको छ ।

 

शुक्रबार वीरगंज महानगरपालिकाको खाद्य प्रविधि तथा गुण नियन्त्रण र वातावरण शाखाबाट खटिएको टोलीले वीरगंजको रानीघाट क्षेत्रमा रहेका बेकरी उद्योगहरूको अनुगमन गरेको हो।

 

निरीक्षण टोलीले रानीघाटस्थित शीला बेकरी र गीता बेकरीको  उत्पादन प्रक्रिया, सरसफाइ अवस्था, कच्चा पदार्थको भण्डारण तथा प्याकेजिङ प्रणालीको अनुगमन गरेको थियो।

 

महाानगरका वातावरण शाखा प्रमुख प्रकाश ऐरका अनुसार दुवै बेकरीमा उत्पादन स्थलको सरसफाइ सन्तोषजनक नभएको पाइएको बताए। 

 

उनका अनुसार उत्पादन स्थलमा देखिएको सरसफाइको लापरवाहीलाई गम्भीरतापूर्वक लिइएको  र सम्बन्धित उद्योगहरूलाई तत्काल सुधार गर्न निर्देशन दिइएको ऐरले बताए । 

 

टोलीले उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, तयार पारिएका सामग्री, प्याकेजिङ प्रणाली, भण्डारणको तरिका र सम्पूर्ण कार्यस्थलको सरसफाइ अवस्था जाँच गरेको थियो।

 

 निरीक्षणपछि दुबै उद्योगलाई खाद्य सुरक्षा तथा सरसफाइसम्बन्धी मापदण्डको पूर्ण पालना गर्न लिखित रूपमा निर्देशन दिइएको बताए।

उपभोक्तालाई सुरक्षित खाद्य अधिकार सुनिश्चित गर्न महानगरले नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

सिरहाको कल्याणपुर नगरप्रमुख रामपुकार साह घुससहित रङ्गेहात पक्राउ

सिरहा ।  सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह एक लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ परेका छन्।

जसपाको समर्थन फिर्तासँगै राष्ट्रिय सभामा सरकार अल्पमतमा

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिएसँगै राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.