logo

राकेश कुमार झा बने एफइएसजीई उपाधि पाउने पहिलो नेपाली चिकित्सक

 ईसीमाना सम्वाददाता     २०८२ बैशाख ५ गते ०२: १० मा प्रकाशित     1154   पटक पढिएको

बीरगज ।नेपाली डा. राकेश कुमार झा युरोपियन सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपी (ESGE) बाट एफइएसजीइ (FESGE) उपाधी (डिग्री) प्राप्त गर्न सफल भएका छन्। डा. झा एफइएसजीइ को डिग्री प्राप्त गर्ने पहिलो नेपाली चिकित्सक हुन्। 

इएसजीइबाट पहिलोपटक एसियाली राष्ट्रका २ जना डक्टरले यो डिग्री पाएका छन्। नेपालका डा. झासँगै भारत (AIG) का नागेश्वर रेड्डीले पनि एफइएसजीइ  डिग्रीको उपाधी पाएका हुन्।  

डा. झा वीरगंजस्थित ग्यास्ट्रो लिभर क्लिनिक इन्डोस्कोपी सेन्टरका संचालक हुन्। ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीको क्षेत्रमा अनुसन्धान, व्यवसायिक सेवा, शिक्षा तथा क्लिनिकल सेवामार्फत महत्वपूर्ण व्यवसायिक उपलब्धी र उत्कृष्ट दक्षताप्राप्त गरेका व्यक्तिलाई यो डिग्री प्रदान गरिन्छ।

आफ्नो पेशागत यात्रामा यो एफइएसजीइ  डिग्रीलाई एउटा महत्वपूर्ण उपलब्धि ठानेका डा. झाले यो उपाधी विश्व-चिकित्सा क्षेत्रमा नेपाललाई जोड्न र चिनाउन सहयोगी सिद्ध हुने विश्वास पनि व्यक्त गरेका छन्। डा. झा भन्छन्,  ‘एफइएसजीइ उपाधी मेरा लागि मात्र नभई देशकै लागि गर्वको कुरा हो। यसले विश्व-चिकित्सा क्षेत्रमा नेपालको परिचय स्थापित गर्न मद्दत पुर्‍याउछ।’  

यो डिग्री प्राप्त गर्न इएसजीइमा कम्तीमा १० वर्ष आबद्ध हुनुका साथै मोड्युल-१ र मोड्युल-२ सफलतापूर्वक पूरा गरेको हुनुपर्छ।   

डा. झाले जेनरल इन्फर्मरी लिड्स् युनिभर्सिटी युकेबाट सन् २०१३ मा मोड्युल-१ र एसियन इन्स्टिच्युट अफ ग्यास्ट्रोइन्टेरोलोजी हैदरावाद, भारतबाट सन् २०१७ मा मोड्युल-२ पूरा गरेका हुन्।  यो वर्ष इएसजीइबाट डा. झासहित १२ जनाले यो डिग्री प्राप्त गरेका छन् 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.