logo

कोभिशिल्ड  खोप बेचेको प्रकरणमा छानवीन गर्न स्थानीय प्रशासनले बनायो समिति

      6/4/2021 गते 00 00 मा प्रकाशित     1165   पटक पढिएको

जनस्वास्थ्य कार्यालय र नारायणी अस्पतालका चिकित्सकले  कोभिसिल्ड खोप बेचेको चर्चा चलेपछि स्थानीय प्रशासनले चासो देखाएको छ ।

 

घटनाको बिषयमा छानवीन गर्न स्थानीय प्रशासनले  जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत अर्जुन पौडेलको संयोजकत्वमा ४ सदस्यीय छानवीन समिति गठन गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय, नारायणी अस्पताल र जिल्ला प्रहरी कार्यालयका अधिकृत समितिको  सदस्य रहेका छन् ।

 

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका खोप प्रमुख अनिल सिंह र नारायणी अस्पतालका चिकित्सक डा.नुर देवानले बीरगंजका सभ्रान्त त्यसमा पनि समुदाय बिशेषको घरमा गएर पैसा लिएर खोप लगाएको घटना सार्वजनीक भएपछि स्थानीय प्रशासनले छानवीन गर्ने निर्णय लिएको हो । 


जिल्ला खोप समन्वय समिति पर्साका संयोजक एवं प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले खोप वितरणमा अनियमितता भएको चर्चा चलेपछि वास्तविकता पत्ता लगाउन छानवीन समिति गठन गरेको बताउनु भयो  । ‘

 

खोपको अनियमितता भएको चर्चा चलेकोले वास्तविकता बुझ्न समिति गठन गरेका छौं ।’ उहाँले भन्नुभयो  ‘ सदस्य पठाउन सम्बन्धित कार्यालयहरुलाई पत्राचार भईसकेको छ, समितिले आवश्यक अध्ययन, अनुसन्धान गर्छ ।’

सवास्थ्य कार्यालय पर्साका खोप अधिकृत अनिल सिंहले भने खोपमा अनियमितता भएको हल्लामा सत्यता नभएको दावी गनुृ भयो  । उहाँले जिल्ला खोप समन्वय समितिको निर्देशन अनुसार नै खोप कार्यक्रम सञ्चालन गरिएको दावी गर्नुृ भयो  ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

ठोरी गाउँपालिकामा पतञ्जली योग तदर्थ समिति गठन, निःशुल्क योग शिविर सञ्चालन

वीरगञ्ज  । ठोरी गाउँपालिकामा योग, स्वास्थ्य र अनुशासित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले पतञ्जली योगको गाउँपालिका स्तरीय तदर्थ समिति गठन गरिएको छ।

पर्सामा निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि विशेष अनुगमन अधिकृत तोकिए

वीरगंज ।  प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्त, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गराउन पर्सा जिल्लामा निर्वाचन आचारसंहिता अनुगमनका लागि अधिकृतहरू खटाइएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.