logo

माहेश्वरी समाजको योगदान ,पीडितलाई निःशुल्क कृत्रिम खुट्टा प्रदान

 इसीमाना सम्वाददाता     २०८२ सावन ११ गते ०४: ५९ मा प्रकाशित     866   पटक पढिएको

वीरगन्ज । माहेश्वरी समाज वीरगन्जका अध्यक्ष प्रकाश बाहेतीको पहल र आर्थिक सहयोगमा पर्सा जिल्लाकी एक अपाङ्गता भएकी महिलाले निःशुल्क कृत्रिम खुट्टा पाएकी छन्।

 

यो मानवीय कार्य रोटरी महावीर जयपुर लिम्ब रिहाबिलिटेशन सेन्टरमार्फत सम्पन्न भएको हो। यस सेवामूलक कार्यमा रोटरी क्लब वीरगन्जले सह–आयोजक तथा स्थानीय संयोजकको भूमिका निर्वाह गरेको छ।

 

रोटरी क्लब वीरगन्जका अध्यक्ष रोटेरियन गोपाल खेतानका अनुसार यस अभियानले अपाङ्गता भएका व्यक्तिहरूलाई नयाँ जीवन प्रदान गर्दै आएको छ।

 

उनले क्लब सदैव समाजसेवामा समर्पित रहेको र भविष्यमा यस अभियानलाई अझ व्यापक बनाउने योजना रहेको बताए।

 

माहेश्वरी समाज वीरगन्जको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यो पहलले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको छ।

 

कार्यक्रममा माहेश्वरी समाजका सदस्य तथा पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

 

रोटरी क्लब वीरगन्जद्वारा सञ्चालित यो कृत्रिम खुट्टा वितरण अभियानबाट हालसम्म सयौं व्यक्ति लाभान्वित भइसकेका छन्। एकवटा कृत्रिम खुट्टा प्रत्यारोपणमा औसत १६,५०० रुपैयाँ खर्च हुने जानकारी गराइएको छ।

 

क्लबका सचिव रोटेरियन राकेश मिश्रले रोटरी क्लब वीरगन्जको यस प्रयासले अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा आशाको संचार भएकोमा त्यसले  सम्मानजनक जीवनका लागि टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.