logo

प्रादेशिक अस्पताल सुधारका लागि उच्च स्तरीय समिति गठन, चार दिनमा प्रतिवेदन दिन निर्देशन

      5/29/2021 गते 00 00 मा प्रकाशित     1177   पटक पढिएको

 प्रादेशिक अस्पताल जनकपुरधामको समग्र सेवा सुविधा सम्बन्धि प्रतिवेदन तैयार गर्न प्रदेश सरकारले उच्च स्तरीय तीन सदस्यीय समिति गरेको छ । 


अस्पतालको सेवा सुविधामा समस्या रहेको जनगुनासो बढे पछि मुख्यमन्त्री लालबाबु राउतले अस्पतालको  अवस्था बारे जानकारी लिन सरोकारवाला सहित अस्पतालका वरिष्ठ चिकित्सकहरुलाई बैठकमा बोलाउनु भएको थियो ।


मुख्यमन्त्री निवासमा आयोजित बैठकमा मुख्यमन्त्री राउतले अस्पताल कहिले सम्म र कसरी सुध्रिने प्रश्नको जवाव अस्पतालका मेसु लगायत चिकित्सकहरु संग माग्नु भएपछि मेसु लगायतका चिकित्सकहरु अस्पतालको वर्तमान समस्या र त्यसका समाधानका उपाय बारे आ–आफनो धारणा राख्नु भएको थियो । 


चिकित्सकहरुले दिएको सुझावहरुलाई संकलन गर्दै अस्पतालको समग्र सुधारको भावी कार्ययोजना सम्बन्धि प्रतिवेदन तयार गर्न प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा। राम केवल साहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । 


समाजिक विकास मन्त्रालयका सचिव इम नारायण श्रेष्ठ र प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा सदस्य रहेको उक्त समितिलाई अस्पतालका बरिष्ठ चिकित्सकहरुको सल्लाहमा प्रतिवेदन तैयार गर्ने  जिम्मेवारी दिइएको छ ।


४ दिन समय सीमा पाएको समितिले अस्पतालको उपचार , कर्मचारी व्यवस्थापन , प्रतिष्ठान अन्तर्गत गए पछि गरिनु पर्ने संरचनागत परिवर्तन, लगायत अन्य सुविधाहरुलाई समेटेर प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएका छन । 


बैठकमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा। रामकेवल साह , प्रमुख सचिव गोकर्णमणि दुवाडी , मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, सचिव यम प्रसाद भुषाल , समाजिक विकास मन्त्रालयका सचिव इम नारायण श्रेष्ठ , अस्पताल व्यवस्थापन समितिका अध्यक्ष संजय सिंह सहित समितिका पदाधिकारीहरु, आपूर्ति महाशाखाका निर्देशक डा।

 

प्रमोद कुमार यादव, स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा, अस्पतालका मेसु डा। प्रमोद यादव सहित वरिष्ठ चिकित्सक एवं विभागीय प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.