logo

प्रदेश सरकारको आलोचना बढेसगै पर्सामा ३२ चिकित्सक तथा स्वास्थ्यकर्मीको नयाँ भर्नाको निर्णय

      5/11/2021 गते 00 00 मा प्रकाशित     1104   पटक पढिएको

पर्साको नारायणी  र पोखरियामा रहेको जिल्ला अस्पतालमा ३२ जना जनशक्ति थपिने भएको छ । जनशक्ति अभावमा उपचार सेवा प्रभावित भएसंगै प्रदेश सरकार बिरुद्ध आलोचना बढदै गएपछि प्रदेश सरकारले जनशक्ति आपूर्तीको नीति लिएको हो । 

 

कोभिड–१९ महामारीको नयाँ भेरियन्ट पर्सामा तीव्र रुपमा फैलिरहेको छ । माहामरी जुन गतीका साथ फैलिएको त्यही गतीमा प्रदेश सकारको आलोचना पनि बढेको छ ।

 

कोरोना भाइरसको संक्रमणको नियन्त्रणमा बिरामीको उपचारमा प्रदेश सरकारको भूमिका बिहिन भएको भन्दै आलोचना बढेको हो । प्रदेश सरकारको औचित्य नै सकिएको तर्क पनि उत्तिकै बढेको बेलामा पर्सामा ३२ जना चिकित्सक तथा स्वास्थ्यकर्मी खटाउने प्रदेश सरकारले निर्णय लिएको छ ।

 

यो कुराको जानकारी मुख्यमंत्रीका  स्वकिय सचिव दीपक यादवले आफनो सामाजिक संजाल मार्फत दिनु भएको हो 
 नारायणी अस्पतालमा १९ जना र पोखरिया अस्पतालका लागि १३ जना चिकित्सक स्वास्थ्यकर्मी दिने निर्णय प्रदेश २ सरकार निर्णय रहेको छ ।

कोभिड–१९ महामारीको नयाँ भेरियन्ट पर्सामा तीव्र रुपमा फैलिरहेको छ । त्यसको रोकथाम नियन्त्रण र उपचारमा कमी हुन नदिने उद्देश्यले प्रदेश–२ सरकारले ३२ जना चिकित्सक स्वास्थ्यकर्मी छनौट गरी नारायणी र पोखरिया अस्पतालमा खटाउने निर्णय गरेको मुख्यमन्त्रीका स्वकीय सचिव दीपक यादवले जानकारी दिए ।

 

स्वास्थ्य कार्यालय पर्साले छिट्टै सूचना निकालेर चिकित्सक स्वास्थ्यकर्मीको भर्ना लिने र खटाउने उनको भनाइ छ । नारायणी अस्पतालमा कन्सल्टेन्ट एनेस्थेसिया अधिकृत नवौं तहको १ जना, मेडिकल अधिकृत आठौं ५ जना, स्टाफ नर्स ८ जना, एनेस्थेसिया असिस्टेन्ट १ जना, ल्याब टेक्नोलोजिस्ट १ जना, ल्याब असिस्टेन्ट १ जना र स्वीपर २ जना दिन लागिएको छ ।

 

पोखरिया अस्पतालमा मेडिकल अधिकृत आठौं २ जना, स्टाफ नर्स ६ जना, रेडियो ग्राफर १ जना, एनेस्थेसिया टेक्नोलोजिष्ट १ जना, ल्याब असिस्टेन्ट १ जना र स्वीपर २ जना पठाइने प्रदेश सरकारले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मोहम्मद जयन्तीमा मुस्लिम समुदायका लागि सार्वजनिक बिदा

वीरगन्ज। सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मधेश सरकारको काम,प्रदेशको शान्ति सुरक्षाकालागि प्रहरीलाई १२ गाडी हस्तान्तरण

जनकपुरधाम । मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.