logo

संचालन अनुमति नलिएका चन्द्रनिगाहपुरका अधिकांश अस्पताल बन्द,संचालकहरु नगरपालिका र जनकपुर धाउदै

 इसीमाना सम्वाददाता     २०८१ फागुन १८ गते ०८: २२ मा प्रकाशित     485   पटक पढिएको

चन्द्रपुर । मधेश सरकारका मुख्यमन्त्री सतिस कुमार सिंहले अनुगमन पछि बन्द गर्न निर्देशन दिएका अस्पतालहरु आइतबार पनि बन्द नै रहे ।

 

अस्पताल संचालन अनुमति लिएर मात्रै अस्पताल संचालन गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएपछि चन्द्रनिगाहपुरको हाइवे ट्रमा हस्पिटल एण्ड रिर्सच सेन्टर प्रा.लि,सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर,पब्लीक लाइफ केयर पोलिक्लिनीक,एपोलो सिटी अस्पताल,चपुर सिटी अस्पताल,हिमालय पोलि क्लिनिक,चन्द्रपुर,सामुदायिक अस्पताल,नमस्ते डेन्टल क्लिनीक,चन्द्रपुर अर्थोपेडिक अस्पताल र चन्द्रपुर आखा तथा दात उपचार केन्द्र समेत गरेर ९ वटा निजी अस्पताल सटर नै झारेर बन्द गरेका छन । 


उपचारको नाममा सर्बसाधारणसंग चर्को शुल्क असुल्ने यी अस्पतालका संचालकहरु अहिले अनुमतिको लागी चन्द्रपुर नगरपालिका तथा जनकपुर धाउन थालेका छन ।


सम्बन्धीत निकायबाट अनुमतीनै नलिएर च्याउ सरी खुलेका अस्पतालले उपचारको नाममा चर्को शुल्क लिने गरेको गुनासो आएपछि शनिबार मधेश प्रदेशका मुख्यमन्त्रीले सिंहले अनुगमन तथा निरीक्षण गरेका थिए ।

 

अस्पतालको सामान्य प्रक्रिया समेत पुरा नगरी अस्पताल संचालन हुदा स्थानीय स्तरमा त्यसको चर्को आलोचना भएपछि अनुगमनका लागि मुख्यमन्त्री रौतहट आएका थिए ।

 

सञ्चालनमा रहेका ९ वटा निजी अस्पताल अनुगमनका क्रममा दर्तासमेत नभएका र नियमविपरीत चलाएको पाइएपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिषकुमार सिंहले बन्द गर्न निर्देशन दिएका थिए ।


मुख्यमन्त्री अनुगमनमा आएको थाहा पाएपछि पब्लिक लाइफ केयर पोलिक्लिनिक, चपुर सिटी अस्पताल, हिमालयन पोलिक्लिनिक प्रालि, चपुर अर्थोपेडिक एण्ड जनरल अस्पताल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्रका एपोलो अस्पताल सञ्चालक सटर बन्द गरेर भागेका थिए ।


मुख्यमन्त्री सिंहले चन्द्रनिगाहपुरमा अधिकांश अस्पताल दर्ता नै नगरी सञ्चालन गरेको र आईसीयू, एमर्जेन्सी कक्ष मापदण्डविपरीत भएको पाइएको बताए ।

 

अनुगमनका क्रममा दर्तानै नभएको हाइवे ट्रमा अस्पताल र सिभिल अस्पतालले काठमाडौंका ठूला अस्पतालसरह बिरामीसित रकम असुलेको पाइएको थियो ।

 

यो ‘प्रक्रिया पु¥याएर मापदण्डअनुसार सञ्चालन गर्छन् भने ठिक छ, अन्यथा हामी कानुनको दायरमा ल्याउँछौं मुख्यमन्त्री सिंहले भने ।


मुख्यमन्त्री सिंहले बन्द गर्न भनिएका अस्पताल अटेर गरेर खोलेमा संचालकलाई ल्याएर कार्वाही गर्न समेत निर्देशन दिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले बताएका छन । अनुगमनको क्रममा अनुमति नलिएका अस्पताल खोल्न नदिने समेत डिएसपी राइले बताए ।


१५ सैय्याको अस्पताल सञ्चालनका लागि स्थानीय तहसित अनुमति लिएको हुनुपर्छ । त्यसभन्दा माथिको प्रदेशको स्वास्थ्य मन्त्रालयबाट स्विकृत लिनुपर्ने प्रावधान छ ।

 

चन्द्रनिगाहपुरमा हाल सम्म चन्द्रपुर अस्पताल र सिम्स अस्पतालले मात्रै अस्पताल संचालनको अनुमति लिएको पाइएको छ ।

 जिल्लाको चन्द्रपुर, बृन्दावन, गरुडा, यमुनामाई गौर, कटहरियालगायतका क्षेत्रमा सञ्चालनमा रहेका अधिकांश अस्पताल दर्ता र मापदण्डविपरीत रहेको स्थानिय सरोकारवालाहरुले बताउदै आएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.