logo

निरोगी नेपाल–स्वस्थ नेपालको दर्शन बिकास गरेका छौः प्रधानमन्त्री केपी ओली

 इसीमाना सम्वाददाता     २०८१ असोज ११ गते ०४: १० मा प्रकाशित     515   पटक पढिएको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव समुदायको रक्षाका लागि विश्वले मिलेर काम गर्नुपर्ने बताएका छन ।


संयुक्त राष्ट्रसंघीय मुख्यालय न्यूयोर्कमा आयोजित एन्टिमाइक्रोबियल प्रतिरोधसम्बन्धी उच्चस्तरीय बैठकमा बोल्दै ओलीले मानव र पृथ्वीको स्वास्थ्यको रक्षा विश्वको साझा दायित्व भएको बताए ।

 

‘मानिस र पृथ्वीको भविष्य रक्षा गर्न हामी मिलेर काम गरौँ, कसैलाई नछोडी’, ओलीले भने ।


अहिले एन्टिमाइक्रोबियल प्रतिरोध एक महत्त्वपूर्ण विश्वव्यापी सार्वजनिक स्वास्थ्य मुद्दाको रूपमा देखा ओलीले परेको बताए । नेपालको राष्ट्रिय स्वास्थ्य नीतिले पनि एन्टिबायोटिकको प्रयोगलाई प्रभावकारी रूपमा नियमन र नियन्त्रण गर्ने आवश्यकतालाई जोड दिँदै यसलाई प्रमुख जनस्वास्थ्य मुद्दाका रूपमा प्राथमिकता दिएको ओलीले जानकारी दिए ।


नेपालले एएमआरमा राष्ट्रिय कार्य योजना तयार गरेको र स्पष्ट दिशा प्रदान गर्न राष्ट्रिय एन्टिबायोटिक्स उपचार दिशानिर्देशहरू प्रस्तुत गरेको ओलीले बताउ ।

 

‘यद्यपि, एएमआरद्वारा उत्पन्न खतराहरूसँग लड्नका लागि राष्ट्रिय प्रयासहरू मात्रै अपर्याप्त छन्, तसर्थ, नेपालले बलियो सहयोगी विश्वव्यापी प्रतिक्रियाको लागि आह्वान गर्दछ’, ओलीले भने ।


यसकोलागि स्वास्थ्य पूर्वाधार, अनुसन्धान र विकासमा पर्याप्त लगानी गर्नुपर्ने उहाँको राय छ । साथै हामीले जैविक खेती जस्ता दिगो कृषि अभ्यासहरूलाई अगाडि बढाइ स्वास्थ्य जीवनशैलीलाई बढावा दिनुपर्ने उनले  बताए ।

 

जसबाट खाद्य सुरक्षालाई सुरक्षित गर्नुका साथसाथै वातावरणको रक्षा गर्न सकिनेमा उनले जोड दिए ।

नेपाली जनताको समग्र स्वास्थ्य प्रवर्द्धन गर्न नेपालले निरोगी नेपाल–स्वस्थ नेपालको दर्शन विकास गरेको पनि उनले जानकारी दिए ।

 

‘हाम्रा प्रयासहरू एन्टिबायोटिकको प्रयोग कम गर्न र स्वस्थ, अधिक दिगो भविष्यलाई बढावा दिन निर्देशित छन्’, ओलीले भने ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

पर्सामा मतदान प्रतिशत उच्च रहेको प्रराम्भिक अनुमान, यकिन बिवरण आउन केही समय लाग्ने

वीरगञ्ज ।  प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.