logo

संघीयतामा गएपछि शिक्षा र स्वास्थ्यमा स्तरीय सुधार हुदैछः पूर्व प्रधानमंत्री देउवा

 इसीमाना सम्वाददाता     २०८१ असोज ८ गते ०८: ०० मा प्रकाशित     491   पटक पढिएको

बीरगंज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक संघीयतामा गए पछि स्वास्थ्य तथा शिक्षामा क्रमिक रुपले सुधार हुदै गएका बताएका छन् ।

 

पर्साको पटेर्वासुगौली गाँउपालिकामा नव निर्मित १० शैय्याको आधारभूत अस्पतालको मंगलबार उदघाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

 

उनले अस्पतालको निर्माणले नागरिकले आफनै ठाउमा स्तरीय स्वास्थ्य सेवा पाउने बिश्वास ब्यक्त गरे । उनले भने “संघीयताका कै कारण निर्माण भएका यस्ता संरचनाबाट भरपुर सेवा लिनु होला” ।

उनले मधेश प्रदेश पछाडी परेकोा चिन्ता ब्यक्त गर्दै मधेशको बिकास र प्रगतीकालागि जनप्रतिनिधि र नागरिकको सहकार्य आवश्यक रहेको बताए ।


कार्यक्रममाकार्यक्रममा नेपाली काग्रेसका संघीय सांसद तथा पूर्व मन्त्री रमेश रिजाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, राष्ट्रियसभा सदस्य आनन्द प्रसाद ढुगांना, संबिधानसभा सदस्य नगिना यादव, अनिल रुगंटा, सहमहामन्त्री तथा पूर्व मन्त्री उमाकान्त चौधरी, उमेशजंग रायमाझी, मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादव, मधेश सरकारका कृषि तथा पशुपंक्षी मन्त्री जनार्धन सिंह क्षेत्री, पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरीले मन्तव्य व्यक्त गरेका थिए।कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम रायमाझी सहितका पत्रकारहरुको सहभागिता रहेको थियो ।

वक्ताहरुले मधेशलाई समृद्धिको बाटोमा लैजान नेपाली काग्रेस एक मात्र बिकल्प रहेको बताएका थिए ।

 

मधेशवादी दलहरुले मधेशलाई भजाउदै विभिन्न थरीको भ्रष्टाचार गरी बेच्दै आएकाले उनीहरु पतन हुन थालेको वक्ताहरुले बताए।

 गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष ममता महतोले स्वागत मन्तव्य राखेकी थिईन् ।

 

तत्कालीन प्रधानमन्त्री केपी शर्माले २०७७ मंसिर १५ गते देशभर ३सय ९ वटा आधारभूत अस्पतालको शिलान्यास गरेका थिए ।

 

त्यसमध्ये पर्सा जिल्लामा ४ वटा आधारभूत अस्पतालको शिलान्यास गरिएकोमा पटेर्वा सुगौली गाँउपालिमा निर्मित आधारभूत अस्पताल सञ्चालनमा आएको हो ।

पटेर्वासुगौली गाँउपालिका वडा नं ४ मा ७ करोड १० लाख लागतमा अस्पताल निर्माण भएको हो । २०७९ जेठ १५ गते सम्झौता गरेर २ बर्ष भित्र निर्माण गर्नु पर्ने थियो ।

 

अस्पताल भवनमा बिरामीको चेकजाँच, बिरामी र कुरुवाको बस्ने स्थान, प्याथोजोजी, एक्सरे, भिडियो एक्सरे, इसीजी, औषधी बितरण शाखा तथा सवारी साधनको पार्किंग लगायतको सुबिधा रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत

काठमाडौँ ।  अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

खेलकुद

हनामी बीएफसी फाइनलमा, रिगल एन्फा मकवानपुर टाइ–ब्रेकरमा पराजित

निर्मलबस्ती ३०। स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनले रिगल एन्फा मकवानपुरलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.