logo

संघीयतामा गएपछि शिक्षा र स्वास्थ्यमा स्तरीय सुधार हुदैछः पूर्व प्रधानमंत्री देउवा

 इसीमाना सम्वाददाता     २०८१ असोज ८ गते ०८: ०० मा प्रकाशित     653   पटक पढिएको

बीरगंज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक संघीयतामा गए पछि स्वास्थ्य तथा शिक्षामा क्रमिक रुपले सुधार हुदै गएका बताएका छन् ।

 

पर्साको पटेर्वासुगौली गाँउपालिकामा नव निर्मित १० शैय्याको आधारभूत अस्पतालको मंगलबार उदघाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

 

उनले अस्पतालको निर्माणले नागरिकले आफनै ठाउमा स्तरीय स्वास्थ्य सेवा पाउने बिश्वास ब्यक्त गरे । उनले भने “संघीयताका कै कारण निर्माण भएका यस्ता संरचनाबाट भरपुर सेवा लिनु होला” ।

उनले मधेश प्रदेश पछाडी परेकोा चिन्ता ब्यक्त गर्दै मधेशको बिकास र प्रगतीकालागि जनप्रतिनिधि र नागरिकको सहकार्य आवश्यक रहेको बताए ।


कार्यक्रममाकार्यक्रममा नेपाली काग्रेसका संघीय सांसद तथा पूर्व मन्त्री रमेश रिजाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, राष्ट्रियसभा सदस्य आनन्द प्रसाद ढुगांना, संबिधानसभा सदस्य नगिना यादव, अनिल रुगंटा, सहमहामन्त्री तथा पूर्व मन्त्री उमाकान्त चौधरी, उमेशजंग रायमाझी, मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादव, मधेश सरकारका कृषि तथा पशुपंक्षी मन्त्री जनार्धन सिंह क्षेत्री, पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरीले मन्तव्य व्यक्त गरेका थिए।कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम रायमाझी सहितका पत्रकारहरुको सहभागिता रहेको थियो ।

वक्ताहरुले मधेशलाई समृद्धिको बाटोमा लैजान नेपाली काग्रेस एक मात्र बिकल्प रहेको बताएका थिए ।

 

मधेशवादी दलहरुले मधेशलाई भजाउदै विभिन्न थरीको भ्रष्टाचार गरी बेच्दै आएकाले उनीहरु पतन हुन थालेको वक्ताहरुले बताए।

 गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष ममता महतोले स्वागत मन्तव्य राखेकी थिईन् ।

 

तत्कालीन प्रधानमन्त्री केपी शर्माले २०७७ मंसिर १५ गते देशभर ३सय ९ वटा आधारभूत अस्पतालको शिलान्यास गरेका थिए ।

 

त्यसमध्ये पर्सा जिल्लामा ४ वटा आधारभूत अस्पतालको शिलान्यास गरिएकोमा पटेर्वा सुगौली गाँउपालिमा निर्मित आधारभूत अस्पताल सञ्चालनमा आएको हो ।

पटेर्वासुगौली गाँउपालिका वडा नं ४ मा ७ करोड १० लाख लागतमा अस्पताल निर्माण भएको हो । २०७९ जेठ १५ गते सम्झौता गरेर २ बर्ष भित्र निर्माण गर्नु पर्ने थियो ।

 

अस्पताल भवनमा बिरामीको चेकजाँच, बिरामी र कुरुवाको बस्ने स्थान, प्याथोजोजी, एक्सरे, भिडियो एक्सरे, इसीजी, औषधी बितरण शाखा तथा सवारी साधनको पार्किंग लगायतको सुबिधा रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.