logo

एघार दिनमा १ हजार १ सय २७ पिन्ट रक्त संकलन, तेरापंथ युवक परिषदको अभियानले गर्यो महान काम

 इसीमाना सम्वाददाता     २०८१ असोज ४ गते ०६: १४ मा प्रकाशित     405   पटक पढिएको

वीरगञ्ज । तेरापंथ युवक परिषदले संचालन गरेको रक्तदान अभियान अन्तरगत १ हजार १ सय २७ पिन्ट रक्त संकलन भएको छ । परिषदले १ हजार ५ सय पिन्ट रगत संकलनको लक्ष्य राखेको थियो ।

 

b5463afb-7eb7-455b-81f3-8cf0fe9a3759-IPeci3FvzJqKbXwHqDcgHoVzXjiWrPsyxWGCxZsv.jpg
११ दिन सम्म संचालन भएको अभियानमा बारा र पर्सामा गरेर ठुलो मात्रामा रगत संकलन भएको हो ।

 

भदौ २५ गते देखी शुरु भएको अभियान असोज ४ गते शुक्रवार सम्म संचालन भएको तेरापंथ युवक परिषद वीरगञ्जका अध्यक्ष लोकेश जैनले जानकारी दिए ।

 

रगत संचालनको अभियान र यति धेरै मात्रामा रगत संकलन मध्य तराईमै पहिलो पटक भएको हो ।

शिविरको अन्तिम दिन बाराको शिवशक्ति घ्यू उद्योगमा आयोजित कार्यक्रममा ७२ जनाले रक्तदान गरेका थिए । यसअघि बिहीबार हुलास आइरन उद्योगमा १ सय ७ जनाले रक्तदान गरेका थिए।

 128621d9-58fd-472b-a8dc-df72eb229ed5-pWTLedJYM6K12OULswkRv0lxdPgTycSgYdq9PoxJ.jfif

११ दिने शिविरको क्रममा सबैभन्दा बढी रक्तदान वीरगञ्जको जैन भवनमा गत शनिबार सम्पन्न कार्यक्रममा २ सय ११ जनाले रक्तदान गरेका थिए।


सिमराको हुलास स्टिल उद्योगमा आयोजित कार्यक्रममा १ सय ३० जनाले रक्तदान गरेका थिए। परिषदले १,५०० पोका रगत संकलन गर्ने लक्ष्य राखेको भए पनि गर्मीका कारण रक्तदाताको सहभागिता अपेक्षाकृत कम भएकोले लक्ष्य पूरा गर्न नसकिएको अध्यक्ष जैनले बताए।


संकलित रगत नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाद्वारा सञ्चालित वीरगञ्ज रक्त सञ्चार केन्द्रमा जम्मा गरिएको छ।

 

परिषदले यसअघि २०७९ सालमा आयोजित एकदिने रक्तदान कार्यक्रममा ४ सय २३ पोका रगत संकलन गरेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.