logo

सपना उडायो हुरीले, डा.हकको खेलोफड्कोमा मंत्रालयको अंकुश,बिज्ञापन फेरी पनि रद्ध

 इसीमाना सम्बाददाता      २०८१ भदौ १७ गते १२: ३७ मा प्रकाशित     683   पटक पढिएको

बीरगंज । नारायणी अस्पतालले करार सेवाका लागी निकालेको विज्ञापन स्वास्थ्य तथा जनसंख्या मंत्रालयले फेरी रद्द गरिदिएको छ ।


स्वाथ्य तथा जनसंख्या मन्त्रालयको भदौँ १६ गते बसेको सचिवस्तरीय निर्णयले बिज्ञापन रद्द गरिदिएको हो ।


शाखा अधिकृत शिव कुमार निरौलाद्वारा जारी गरेको पत्रमा अर्को निर्णय नभएसम्मका लागि स्थगन गरेको जनाएको छ ।

२०८१ साल जेठ २१ गते नारायाणी अस्पताल प्रशासनले ४७ जना कर्मचारी निष्काशन गरेको थियो ।

 

कर्मचारी बढी भएको र आर्थिक ब्ययभार बढेको तर्कका आधारमा उनीहरुलाई कामबाट निकालिएको थियो ।

 

तर एक महिना तीन दिनका दिनमा अस्पताल प्रशासनले २७ जना अधिकृत सहित ३३ जना कर्मचारी करारमा भर्ना गर्ने भन्दै सात दिने सूचना निकाल्यो ।

 

सार्वजनीक खरिद ऐनले अत्यावश्यक सेवाको आपूर्ती गर्दा मात्र ७ दिने सूचनालाई स्वीकार गर्छ ।

 

सूचना प्रकानशको प्रक्रिया देखी नै प्रश्न उठेपछि संचार माध्यमले धेरै प्रश्न गर्न थाले अस्पताल प्रशासनले जस्टीफाई हुनेगरि जवाफ दिन नसकेपछि, सरकार र मंत्री दुबै परिर्वतन भएपछि मंत्रालयले हस्तक्षेप गरेर बिज्ञापन रद्ध गरेको थियो ।

बाघको मुख रातो भने जस्तै कर्मचारी आपूर्ती गर्दा हुने खेलोफड्कोका बारेमा जानकार रहेका मेडिकल सुपरिटेण्डेट डा. एनामुल हकले उतीबेलाको प्लानलाई कार्यरुप दिन खोजेका थिए ।

 

उनले अहिलेका स्वासथ्य तथा जनसंख्यामंत्री प्रदीप पौडेललाई मंत्रालयमै भेटेर वतावरण बनाएको चर्चा चलाइएको थियो तर सचिव स्तरीय निर्णयका कारण यसपटकको खोलोफड्कोको योजना पनि सफल हुन पाएन ।

अस्पतालमा मेसु हकको नियुक्ति भएलगत्तै १२ जना मेडिकल अधिकृत, १२ जना स्टाफ नर्स, ३ जना हेल्थ असिस्टेन्ट, ५ जना रेडियोग्राफर, र ४ जना अहेबसहित ४७ जना कर्मचारीलाई निष्कासन गरेर अहिलेसम्म आलोचना भइरहेको छ ।

 

अहिले डा.हकनै कर्मचारी अभाव भएको दलील दिदै छन । तर उनले कर्मचारी अभाव हुन्छ भन्ने सामान्य ज्ञान समेत नराखेर कर्मचारी किन हटाएको त भन्दा चित्त बुझ्दो जवाफ दिन सकेका छैनन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.