logo

सपना उडायो हुरीले, डा.हकको खेलोफड्कोमा मंत्रालयको अंकुश,बिज्ञापन फेरी पनि रद्ध

 इसीमाना सम्बाददाता      २०८१ भदौ १७ गते १२: ३७ मा प्रकाशित     564   पटक पढिएको

बीरगंज । नारायणी अस्पतालले करार सेवाका लागी निकालेको विज्ञापन स्वास्थ्य तथा जनसंख्या मंत्रालयले फेरी रद्द गरिदिएको छ ।


स्वाथ्य तथा जनसंख्या मन्त्रालयको भदौँ १६ गते बसेको सचिवस्तरीय निर्णयले बिज्ञापन रद्द गरिदिएको हो ।


शाखा अधिकृत शिव कुमार निरौलाद्वारा जारी गरेको पत्रमा अर्को निर्णय नभएसम्मका लागि स्थगन गरेको जनाएको छ ।

२०८१ साल जेठ २१ गते नारायाणी अस्पताल प्रशासनले ४७ जना कर्मचारी निष्काशन गरेको थियो ।

 

कर्मचारी बढी भएको र आर्थिक ब्ययभार बढेको तर्कका आधारमा उनीहरुलाई कामबाट निकालिएको थियो ।

 

तर एक महिना तीन दिनका दिनमा अस्पताल प्रशासनले २७ जना अधिकृत सहित ३३ जना कर्मचारी करारमा भर्ना गर्ने भन्दै सात दिने सूचना निकाल्यो ।

 

सार्वजनीक खरिद ऐनले अत्यावश्यक सेवाको आपूर्ती गर्दा मात्र ७ दिने सूचनालाई स्वीकार गर्छ ।

 

सूचना प्रकानशको प्रक्रिया देखी नै प्रश्न उठेपछि संचार माध्यमले धेरै प्रश्न गर्न थाले अस्पताल प्रशासनले जस्टीफाई हुनेगरि जवाफ दिन नसकेपछि, सरकार र मंत्री दुबै परिर्वतन भएपछि मंत्रालयले हस्तक्षेप गरेर बिज्ञापन रद्ध गरेको थियो ।

बाघको मुख रातो भने जस्तै कर्मचारी आपूर्ती गर्दा हुने खेलोफड्कोका बारेमा जानकार रहेका मेडिकल सुपरिटेण्डेट डा. एनामुल हकले उतीबेलाको प्लानलाई कार्यरुप दिन खोजेका थिए ।

 

उनले अहिलेका स्वासथ्य तथा जनसंख्यामंत्री प्रदीप पौडेललाई मंत्रालयमै भेटेर वतावरण बनाएको चर्चा चलाइएको थियो तर सचिव स्तरीय निर्णयका कारण यसपटकको खोलोफड्कोको योजना पनि सफल हुन पाएन ।

अस्पतालमा मेसु हकको नियुक्ति भएलगत्तै १२ जना मेडिकल अधिकृत, १२ जना स्टाफ नर्स, ३ जना हेल्थ असिस्टेन्ट, ५ जना रेडियोग्राफर, र ४ जना अहेबसहित ४७ जना कर्मचारीलाई निष्कासन गरेर अहिलेसम्म आलोचना भइरहेको छ ।

 

अहिले डा.हकनै कर्मचारी अभाव भएको दलील दिदै छन । तर उनले कर्मचारी अभाव हुन्छ भन्ने सामान्य ज्ञान समेत नराखेर कर्मचारी किन हटाएको त भन्दा चित्त बुझ्दो जवाफ दिन सकेका छैनन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.