logo

बहुदरमाईको भौराटारमा निशुल्क नेत्र शिविर सम्पन्न, ५३ जनमा मोतिबिन्दु फेला

 इसीमाना सम्वाददाता     २०८१ भदौ १५ गते ०५: २० मा प्रकाशित     242   पटक पढिएको

वीरगञ्ज ।पर्साको बहुदरमाई नगरपालिका वडा नं. ६ भौराटारमा सम्पन्न निशुल्क नेत्र शिविरमा ५३ जनामा मोतिबिन्दुको बिरामी फेला परेका छन ।


१ सय २८ जनाको आँखा जाँच भएको मा ५३ जनामा मोतिबन्दु फेला परेको वीरगञ्ज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामीले जानकारी दिए ।


नगरपालिकाका ९ वटै वडामा शिविर राखेर मोतियाबिन्दु देखिएकाहरुको निशुल्क उपचार गरी बहुदरमाई नगरपालिकालाइ मोतियाबिन्दु मुक्त बनाउने उद्धेश्य अनुरुप शिविरको आयोजना गरिएको आयोजकले बताएका छन ।

प्रहरी सामुदायिक कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा, हिमालयन क्याटार्याक्ट तथा तिलगंगा आँखा अस्पताल र बहुदरमाई युवा समाजको आयोजनामा शिविर सम्पन्न भएको हो ।


शिविरमा वीरगञ्ज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो ।


शिविरमा फेला परेका मोतियाबिन्दुका विरामीलाई आइतबार वीरगञ्ज सामुदायिक आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको पनि धामीले जानकारी दिए ।


शिविरमा युवा समाजका अध्यक्ष कृष्ण कुश्वाहा, सचिव सुवास प्रजापति, कोषाध्यक्ष राकेश तिवारी लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.