logo

मधेश प्रदेश भरिका आईसियु नर्सहरुको बृहद् कार्यशाला बीरगंजमा हुने

 इसीमाना सम्वाददाता     २०८० चैत २१ गते १३: ५० मा प्रकाशित     743   पटक पढिएको

फाइल तस्विर

मधेश प्रदेशका आईसियु सेवा दिईरहेका अस्पतालका नर्सहरुको सीप बिकासकालागि दुई दिने कार्यशाला बीरगंजमा हुने भएको छ । नेपाल मेडिसिटी बयोधा अस्पताल बीरगंजले कार्यशालाको आयोजना गरेको हो । कार्यशालामा मधेश प्रदेश भरिबाट आईसीयु सेवामा कार्यरत ७० जना नर्सहरुको सहभागिता रहने आयोजकले जनाएका छन ।


नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेशन काठमाडौ र नेपाल मेडिसिटी बयोधा अस्पतालको संयुक्त आयोजनामा दुई दिने बेसीक फर नर्स कार्यशाला यही चैत्र २३ र २४ गते अस्पतालको सभाहलमा आयोजना गरिने अस्पतालका प्रमुख विजय रिमालले बताए ।


कार्यशालाको उद्घाटन मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुघ्न प्रसाद सिंहले गर्नेछन ।

मधेश प्रदेशका आईसियु सेवा दिईरहेका अस्पतालहरुमा कार्यरत् नर्सहरुको सीप, ज्ञान र अनुभवलाई अभिबृद्धि गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको अस्पतालका डेपुटी नर्सिङ्ग सुपरिन्टेन्डेन्ट ओम प्रकाश श्रीवास्तवले बताए ।


विशेषगरी रेस्पाईरेटोरी प्याथोलोजी, एयरवे म्यानेजमेन्ट, मेकानिकल भेन्टिलेशन, रुटिन नर्सिङ्ग केयर इन आईसियु, कार्डियोभास्कुल फिजियोलोजी, शक म्यानेजमेन्ट, न्यूरोलोजिकल एसेसमेन्ट लगायतक विषयहरुमा ह्याण्डस् अन स्किल स्टेशनको ब्यवस्था गरी प्रयोगात्मक र सैद्धान्तिक ज्ञान र सीप अभिवृद्धि गर्ने आफूहरुको योजना रहेको डेपुटी नर्सिङ्ग सुपरिन्टेन्डेन्ट श्रीवास्तवले बताए ।


नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेशनका अध्यक्ष एवं त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालका क्रिटिकल केयर विभागका प्रमुख प्रा.डा. सुवाश आचार्य, लिभरट्रान्सप्लाण्ट नर्स कोअर्डिनेटर त्रि.वि.शिक्षण अस्पताल तथा क्रिटिकल केयर नर्सेस एसोसिएसन अफ नेपालकी भाईस प्रेसिडेन्ट एवं बेसिक फर नर्स कोर्ष डाईरेक्टर कविता सिटौला लगायत ८ जना सिनियर नर्स इन्स्ट्रक्टरहरुले कार्यशाला संचालन गर्नु हुने अस्पतालले जनाएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.