logo

मधेश प्रदेश भरिका आईसियु नर्सहरुको बृहद् कार्यशाला बीरगंजमा हुने

 इसीमाना सम्वाददाता     २०८० चैत २१ गते १३: ५० मा प्रकाशित     519   पटक पढिएको

फाइल तस्विर

मधेश प्रदेशका आईसियु सेवा दिईरहेका अस्पतालका नर्सहरुको सीप बिकासकालागि दुई दिने कार्यशाला बीरगंजमा हुने भएको छ । नेपाल मेडिसिटी बयोधा अस्पताल बीरगंजले कार्यशालाको आयोजना गरेको हो । कार्यशालामा मधेश प्रदेश भरिबाट आईसीयु सेवामा कार्यरत ७० जना नर्सहरुको सहभागिता रहने आयोजकले जनाएका छन ।


नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेशन काठमाडौ र नेपाल मेडिसिटी बयोधा अस्पतालको संयुक्त आयोजनामा दुई दिने बेसीक फर नर्स कार्यशाला यही चैत्र २३ र २४ गते अस्पतालको सभाहलमा आयोजना गरिने अस्पतालका प्रमुख विजय रिमालले बताए ।


कार्यशालाको उद्घाटन मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुघ्न प्रसाद सिंहले गर्नेछन ।

मधेश प्रदेशका आईसियु सेवा दिईरहेका अस्पतालहरुमा कार्यरत् नर्सहरुको सीप, ज्ञान र अनुभवलाई अभिबृद्धि गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको अस्पतालका डेपुटी नर्सिङ्ग सुपरिन्टेन्डेन्ट ओम प्रकाश श्रीवास्तवले बताए ।


विशेषगरी रेस्पाईरेटोरी प्याथोलोजी, एयरवे म्यानेजमेन्ट, मेकानिकल भेन्टिलेशन, रुटिन नर्सिङ्ग केयर इन आईसियु, कार्डियोभास्कुल फिजियोलोजी, शक म्यानेजमेन्ट, न्यूरोलोजिकल एसेसमेन्ट लगायतक विषयहरुमा ह्याण्डस् अन स्किल स्टेशनको ब्यवस्था गरी प्रयोगात्मक र सैद्धान्तिक ज्ञान र सीप अभिवृद्धि गर्ने आफूहरुको योजना रहेको डेपुटी नर्सिङ्ग सुपरिन्टेन्डेन्ट श्रीवास्तवले बताए ।


नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेशनका अध्यक्ष एवं त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालका क्रिटिकल केयर विभागका प्रमुख प्रा.डा. सुवाश आचार्य, लिभरट्रान्सप्लाण्ट नर्स कोअर्डिनेटर त्रि.वि.शिक्षण अस्पताल तथा क्रिटिकल केयर नर्सेस एसोसिएसन अफ नेपालकी भाईस प्रेसिडेन्ट एवं बेसिक फर नर्स कोर्ष डाईरेक्टर कविता सिटौला लगायत ८ जना सिनियर नर्स इन्स्ट्रक्टरहरुले कार्यशाला संचालन गर्नु हुने अस्पतालले जनाएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

सरकारी सञ्चारमाध्यमलाई संचारमन्त्रीको निर्देशन नेताको प्रचार नगर्नु, विकासको चर्चा गर्नु

काठमाडौँ ।  सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारी सञ्चारमाध्यमलाई कुनै नेताहरुको प्रचार नगरी मुलुकमा भएका विकासको चर्चा गर्न आग्रह गरेका छन ।

सशस्त्र प्रहरीद्वारा करिब सात लाखको तयारी कपडा कारवाहीकालागि भंसार चलान

वीरगंज । सशस्त्र प्रहरी बल पर्साले ६ लाख ९८ हजार ८ सय मूल्य बराबरको कपडा आवश्यक कारवाहीकोलागिवीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।

खेलकुद

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।

अखिल नेपाल फुटबल संघको साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई रोक

धुलिखेल । अखिल नेपाल फुटबल संघ(एन्फा) आफ्ना पूर्व अध्यक्ष  गणेश थापालाई साधारण सभामा सहभागी हुन बाट रोक  लगाएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.