logo

कोलेस्ट्ट्रोल र सुगरको मात्रालाई नियन्त्रण र मुटुको रक्षाःभिण्डी एक फाइदा अनेक

      9/12/2020 गते 00 00 मा प्रकाशित     1396   पटक पढिएको

भिण्डी के हो रु सबैलाई थाहा भएकै कुरा हो । यो तरकारीका रुपमा सबैले प्रयोग गरेका हुन्छ । कतिपय मानिसलाई भिण्डी मनपरे पनि केहीले यसको तरकारी मनपराउँदैनन् ।

तर यसको विशेषता जान्ने र बुझ्नेले भने सही तरिकाले प्रयोग गरिरहेका हुन्छन् । आज हामीले भिण्डीको प्रयोगले मानव स्वास्थ्यमा पुर्‍याउने विवध फाइदाका विषयमा जानकारी दिएका छौं ।

हरियो साग सब्जीका रुपमा भिण्डीको प्रयोग गर्ने गरिन्छ । नेपाल लगायत विश्वका अन्य देशहरुमा पनि मानिसद्वारा भिण्डीको परिकारलाई अत्याधिक मन पराइन्छ।

भिण्डीमा शरीरका लागि लाभदायक हुने विभिन्न खनिज तत्वहरु पाइने गर्दछ। यसमा पाइने गुणकारी तत्वहरुले शरीरको अनावश्यक तौल घटाउनदेखि लिएर मुहारमा चमक तथा चाउरीपना कम गर्न मद्दत गर्दछ।

भिण्डीका फाइदाहरु भिण्डीमा पाइने पेक्टिनका कारण यसले शरीरको कोलेस्ट्रोललाई घटाउन मद्दत गर्दछ।

साथै यसमा पाइने सोल्युबल फाइबरले रगतमा कोलेस्ट्ट्रोललाई नियन्त्रण गरि मुटु रोगको जोखिम कम गर्दछ। भिण्डीमा प्रशस्तमात्रामा पाइने यूजेनोल मधुमेहका विरामीका लागि फाइदाजनक हुनेगर्दछ। यूजेनोलले शरीरमा सुगरको मात्रा नियन्त्रण गरी, मधुमेह हुने जोखिम कम गर्दछ।

एनिमियाका बिरामीहरुका लागि पनि भिण्डी निकै प्रभावकरी शब्जी हो। भिण्डीमा पाइने आइरनले हेमोग्लोविनको निर्माण गर्न मदत पुर्याउँदछ र भिटामिन के ले रक्तश्राव रोक्ने कार्य गर्दछ।

भिण्डीमा भरपुर मात्रामा सोल्युबल फाइबर पाइन्छ जुन पाचन प्रणालीका लागि अत्यन्तै प्रभ्कारी हुन्छ। यसले पेट फुल्ने, कब्जियत र ग्यास जस्तो समस्याहरु हुन दिँदैन। साथै हड्डी बलियो बनाउनका लागि पनि भिण्डी फाइदाजनक शब्जी हो।

भिण्डीमा भिटामिन सी सँगै एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइने हुँदा यसले प्रतिरक्षा प्रणालीलाई सुधारगर्नुका साथै विभिन्न संक्रामक रोगहरुसँग लड्न मद्दत गर्दछ। यसको सेवनले चिसोलाग्ने समस्या पनि कम हुन्छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.