logo

मध्य तराईका पर्सा, बारा र रौतहटमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

      9/9/2020 गते 00 00 मा प्रकाशित     1450   पटक पढिएको

नारायणी अस्पतालमा रहेको प्रयोगशालाले मंगलवार राती जारी गरेको रिपोर्ट अनुसार मध्य तराईमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  

 

९ महिलासहित ३७ जनामा कोरोना संक्रमण फेला परेको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिनु भयो  । संक्रमित हुनेमा  ४ वर्षिय बाललकदेखि ६७ वर्षका वृद्धसम्म रहेका छन् ।


 संक्रमति हुनेमा पर्साका ६ जना, बाराका ९ जना र रौतहटका २२ जना रहेका छन् । पर्साको  वीरगंज महानरपालिकाको वडा नं. ११ का २ जना, वडा नं. २८, र ३२ का एक एक जना, पटेर्वा सुगौली गाउँपालिका र पर्सागढी नगरपालिकाको चैनपुरका एक एक जना रहेका छन् ।
 
त्यस्तै बाराको कोल्भि नगरपालिकाका ३ जना, , कलैया उपमहानगरपालिकाको वडा नं.९, १९, जितपुरसिमरा वडा नं. २, बारागढी गाउँपालिका र इलाका प्रहरी कार्यालय बारागढीका एक(एक जना संक्रमित थपिएका छन् ।
 
संक्रमित हुनेमा रौतहटका दुर्गा भगवती गाउँपालिका वडा नं. ५ का मात्रै २२ जना छन ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा २ सय ९० जनाको थ्रोट स्वाबलाई पिसिआर प्रविधि मार्फत परिक्षण गर्दा ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.