logo

कोरोना भाइरसका कारण सर्लाही र धनुषामा गरि दूईको ज्यान गयो , प्रदेश २ मा ४७ ,सबैभन्दा बढी पर्सामा १९ को मृत्यु

      8/14/2020 गते 00 00 मा प्रकाशित     1112   पटक पढिएको

धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ का ५० वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।


श्वास प्रश्वासमा समस्या देखिएपछि उहाँले प्रादेशीक अस्पतालमा उपचारकालागि भर्ना गरिएको सामाजिक बिकास मंत्रालयले जनाएको छ । 


प्रादेशीक अस्पतालमा उहाँको स्वास्थ्य अवस्थामा सुधार नआएपछि अस्पतालले थ िउपचारकालागि काठमाण्डौ रेफर गरेको थियो उहाँको काठमाण्डौ जानेक्रममा बाटोमा मृत्यु भएको मंत्रालयका बरिष्ठ प्रशासक बिजय झाले जानकारी दिनु भयो । उहाँको शुक्रवार दिउसो ३ बजे मृत्यु भएको हो । 

 

सर्लाहीमा पनि एकजना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।योसँगै प्रदेश २ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ । साथै प्रदेशको आठ वटै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

 

सबैभन्दा बढी पर्सामा १९, धनुषामा ७, बारामा ६, सप्तरीमा ३ तथा महोत्तरी, रौतहट र सिराहामा २र२ जना र सर्लाहीमा १ जनाको कोरोना संक्रमणले मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

पर्सामा मतदान प्रतिशत उच्च रहेको प्रराम्भिक अनुमान, यकिन बिवरण आउन केही समय लाग्ने

वीरगञ्ज ।  प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.