logo
Friday, 18 July 2025, 12:48:20 am

बीरगंजमा चिकित्सक पत्रकार र ब्यापारी सहित ३४ जना थप संक्रमीत

      8/4/2020 गते 00 00 मा प्रकाशित     1115   पटक पढिएको

पर्सा जिल्लामा कोरोना भाइरसबाट संक्रमीत हुनेको संख्या ६ सय ७ पगुेको छ । यस मध्य २ सय ३ जनाले कोरोनालाई परास्त गरेर घर फर्केका छन ।

 

पर्सामा हाल सम्म कोरोना भाइरसको संक्रमणबाट १४ जनाको ज्यान गएको छ । नारायाणी अस्पतालमा रहेको प्रयोगशालाका अनुसार पर्सामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३४ जनामा पत्रकार, नेपाली सेना,ब्यापारी र थुनुवा समेत रहेका छन । 


संक्रमित हुनेहरुमा २८ जना पुरूष र ६ जना महिला रहेको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा.मदन उपाध्यायले जानकारी दिनु भयो  । 

मंगलबार संक्रमण पुष्टि भएका ३४ जनामा वीरगन्ज ब्यारेकका ३ जना नेपाली सेना, १ जना पत्रकार, वडा प्रहरी कार्यालय बिर्ताको थुनुवा १ जना, वयोधा अस्पताल र नेशनल मेडिकल कलेजका एकरएक जना डाक्टर रहेका छन् ।

 

पाँच जना पेड पिसीआर परिक्षण गराउनेहरुमा संक्रमण देखिएको छ । बीरगंजका बिभिन्न वडाका ३६ देखी ४९ वर्ष सम्मका १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।  त्यस्तै पोखरिया नगरपालिका २ पुरुष र १ महिलामा पनि कोरोना भाइरसकोसंक्रमण देखिएको छ । त्यस्तै जिराभवानी गाउँपालिका सेढवाका २२ बर्षका १ जना युवामा पनि संक्रमण देखिएको छ । 

त्यसैगरी बारा जिल्ला कलैयाका २९ बर्षका १ जना पुरुष र बारा जिल्ला फेटा गाउँपालिका वडा नम्बर ४ का २८ बर्षका १ जना पुरुष र सर्लाही जिल्ला मलगंवा वडा नम्बर ८ का ४८ बर्षका १ जना पुरुष रहेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु