logo

प्रभु सिटी स्क्यान सेवाको शुभारम्भ, सेवाग्राहीले गुणस्तीय सेवा पाउने

 इसीमाना सम्वाददाता     २०८० सावन ३२ गते ०९: ३५ मा प्रकाशित     334   पटक पढिएको

वीरगंज । वीरगन्जमा बिहवार देखी प्रभु सिटी स्क्यान सेवाको शुभारम्भ भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ४ र ८ का वडा अध्यक्षहरु जगत साह कानु र रितेश कुमार गुप्ताले संयुक्त रुपमा सेवाको शुभारम्भ गरेका हुन।

 

सिटी स्क्यान सेण्टरमा सर्वशुलभ शुल्कमा विभिन्न खालका बिरामीहरको सिटी स्क्यान सेवा उपलब्ध हुने सञ्चालक डाक्टर निरञ्जन साहले बताए ।

 

सिटी स्क्यान सेण्टरमा होलबडी सिटी स्क्यान, कन्ट्रास्ट एन्जियोग्राफी, सिटी गाईडेड सम्पूर्ण सेवा उपलब्ध हुने एमडी रेडियोलोजी डाक्टर डम्बर साहले बताए ।

 

उनका अनुसार सिटी स्क्यान सेण्टरमा विभिन्न रोगहरु पत्ता लगाउने अत्याधुनिक प्रविधि सहितको उपकरण जडान गरिएको र एफएनएसी/बायोप्सीका लागि समेत सेवा सुविधा उपलब्ध हुनेछन ।

 

सेवा सञ्चालनसँगै बारा, पर्सा लगायतका बिरामीहरुलाई भरतपुर, काठमाडौं लगायत भारतका विभिन्न सहरहरुमा जानुपर्ने बाध्यताको पनि अन्त्य भएको डाक्टर साहको भनाई छ ।

 


पानी टंकी जाने ब्यारेक रोड स्थित प्रभु हस्पिटल नजिकै प्रभु सिटी स्क्यान सेवा आजदेखि सञ्चालनमा आएको हो ।

 

कार्यक्रममा प्रभु हस्पिटलका सञ्चालक डाक्टर मनोज कुमार गुप्ता, लक्ष्मी थापा (गुप्ता) लोसपाका नेता नेजामुद्दीन समानी, एमालेका नेता शम्भु गुप्ता, अधिवक्ता शालिकराम प्रसाद लगायतको उपस्थिति रहेको दिलिपराज कार्कीले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

खालिस्तानी समर्थक पन्नु हत्याको कथित षड्यन्त्रको बारेमा अमेरिकाद्वारा भारतसंग अनुसन्धानको अपडेट माँग

नयाँ दिल्ली ।अमेरिकाले खालिस्तानी समर्थक गुरपतवन्त सिंह पन्नुको हत्याको कथित षड्यन्त्रको बारेमा भारतीय अनुसन्धानको अद्यावधिकको लागि लगातार भारतलाई दबाब दिएको बताएको छ।

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

समाज

गाउँपालिका बाट सम्पादीत सबै राम्रा नराम्रा कामको जस लिन्छुः अध्यक्ष यादव

बीरगंज । सखुवा प्रसौनी गाउँपालिकामा सर्वाजनकी सुनवाई सम्पन्न भएको छ । श्री दीप नारायण आर्दश उच्च माविको प्राङ्गणमा भएको सुनवाईमा नागरिकले बिभिन्न सरोरका बिषयमा पालिका नेतृत्व समक्ष सवाल गरेका थिए ।

डाँका समाउदा स्थानीयको अवरोध, प्रहरीले गोली चलाउदा दुई घाइते

नेपालगंज । बाँकेमा डाँका चोरी मुद्दामा फरार रहेका एकजना व्यक्तिलाई पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.