logo

बीरगंजमा २ सय ५० बढी बेडको आइसोलेशन ब्यवस्थापन,आजबाट बीरगंज हेल्थ केयर अस्पतालले पनि उपचार सेवा दिने

      8/1/2020 गते 00 00 मा प्रकाशित     1413   पटक पढिएको

कोरोना भाइरसका कारण संक्रमीत बिरामीको उपचारकालागि बीरगंजमा करिव २ सय ५० बेडको आइसोलेशन वार्ड तयार भएको छ । बीरगंजको गण्डक अस्पतालले ७५ बिरामी भर्ना गरेर सेवा दिन सक्छ ।

 

गण्डकमै रहेको बीरगंज हेल्थ केयर अस्पतालले करिब १ सय ५० बिरामीलाई भर्ना गरेर उपचार सेवा दिन सक्छ । संघीय सरकारको मातहतमा रहेको नारायणी अस्पताललाई लेभल २ कोभिड अस्पतालको रुपमा संचालनमा ल्याएपछि त्याहा १ सय भन्दा बढी बिरामीले सेवा पाउने छन । यसरी बीरगंजमा संक्रमीतको संख्या बढदै जाँदा आइसोलेशन वार्डको ब्यवस्थापन पनि क्रमिक हुदै गएको छ । 


बीरगंज हेल्थ केयरका अस्पतालका संचालक डा.अबु हैयसले अस्पतालको चावी नेपाल सरकारलाई बुझाएको बताउनु भयो । नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्टलाई अस्पतालको चावी आज बुझाएको उहाँले बताउनु भयो । अस्पताल निर्मलीकरण गरेर तयारी अवस्थामा राखेर दिएका छौ उहाँले भन्नु भयो“आजै बिरामी भर्ना गरेर उपचार गर्न मिल्ने अवस्थामा अस्पताल बुझाएका छौ आजे बिरमी भर्ना गर्दा पनि हुन्छ” । 

यस अघि सङ्कट व्यवस्थापन केन्द्र पर्साले सिफारिस गरे अनुसार वीरगञ्ज हेल्थ केयर हस्पिटललाई कोभिड अस्पताल सञ्चालन गर्न दिन मन्त्रलायले अनुमति दिएको छ । केन्द्रले गएको बिहिवार अस्पताल संचालन अनुमतीको माँग राखेर केन्द्रीय सीसीएमसी, गृहमंत्रालय,संघीय स्वास्थ्यमंत्रालय लगायतका सरोकारवाला निकाययलाई पत्राचार गरेको थियो ।

 

केन्द्रीय तहले पनि एकैदिनमा सबै निकायबाट पर्सा जिल्लाले पठाएको पत्रलाई आ आफनो औपचारिक निकायबाट अनुमोदन गरेर अस्पताल संचालनको अनुमती दिएको हो । शुक्रवार उकै दिनमा यो सम्पूर्ण प्रक्रिया पुरा भएको पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कार्कीले जानकारी दिनु भयो ।

 नारायणी अस्पतालको मातहातमा रहनेगरी वीरगञ्ज हेल्थ केयर हस्पिटललाई कोभिड अस्पताल बनाएर संचालन गर्ने कुरा टुंगोमा पुगको अस्पतालका संचाल डा. हैयसले बताउनु भयो । 

डा. अन्सारीले अस्पतालमा १०० शैयाको आइसोलेसन, ८ भेन्टिलेटर र ३० वटा आइसीयू बेड रहेको जानकारी दिनु भयो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.