logo

कोरोना भाइरस (कोभिड-१९)बाट जोगिन सात बुँदे आधारभूत रणनीतिहरू

      7/31/2020 गते 00 00 मा प्रकाशित     1361   पटक पढिएको

डा. नारायणबहादुर बस्नेत,  सीएमडीसी चावहिल

१. सीधा सम्पर्क नराखौं ।
— एक व्यक्ति र अर्काे व्यक्तिको जीउमा छुने गरी नबसौं । कुरा गर्नुपर्दा एक व्यक्तिको स्वासले अर्को व्यक्तिको स्वासलाई प्रभावित हुने दुरी भन्दा टाढा बसौं।
— घरबाट निस्कँदा मास्कको अनिवार्य प्रयोग गरौं।
— हाछ्यूँ गर्दा वा खोक्दा मुख छोप्ने गरौं।
— शरीरका संवेदनशील अङ्ग जस्तैः आँखा, मुख, नाक आदिमा हात नधोइकन नछुऔं।
— खाना खानुभन्दा अघि वा कुनै बाहिरबाट ल्याएको सामान छोइसकेपछि कम्तिमा २० सेकेण्ड साबुन पानीले राम्रोसँग हात धोऔं। हात धुँदा औंलाको काप तथा नङभित्र पनि सफा गरौं।
— बिरामीको हेरचाह गर्दा सावधानी अपनाऔं र आफूलाई रोग लागेको शंका लागेमा सम्बन्धित स्वास्थ्य संस्था वा अस्पतालमा तुरुन्त सम्पर्क राखौं।

२. भीडभाडबाट बचौं । कुनै पेशागत काम गरी वा अन्य विशेष कारणले जानैपर्ने भएमा फर्किसकेपछि आफूहरुले लगाएको लुगा साबुन पानी वा सर्फले धोऔं।

३. प्रयाप्त मात्रामा झोल खानेकुरा खाऔं । जस्तैः मनतातो पानी, सूप, फलफूलको रस आदि।

४. रोगीलाई घृणा नगरौं, सहानुभूति तथा करुणा राखी सकेको सहयोग गरौं।

५. अनावश्यक चिन्ता नलिऔं । मनलाई शान्त र प्रसन्न राखौं।

६. भरपर्दो तथा आधिकारीक श्रोतबाट प्रचार गरिएको सरसल्लाह तथा सुझावलाई मनन् गरी व्यवहारमा उतारौं।

७. बुढापाकाहरू, नियमित औषधि सेवन गरिरहेका दीर्घ रोगी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूल विशेष सावधानी अपनाऔं।

‘प्रत्येक कणको आफ्नै अस्तित्व हुन्छ, सम्भव भएसम्म प्रयास जारी राखौँ ।’

#डा. बस्नेत बालरोग तथा बाल मुटुरोग विशेषज्ञ हुन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.