logo

वीरगंज महामनगरको प्रथामिकता दुई क्षेत्र शिक्षा र स्वास्थ्यमा समस्या, शिक्षक आन्दोलीत, कुपोषीतको संख्या बढ्दो

      २०८० जेठ ७ गते ०२: ४६ मा प्रकाशित     639   पटक पढिएको

वीरगञ्ज । वीरगंज महानगरपालिकाले शिक्षा र स्वास्थ्यलाई आफ्नो प्रथामिकतामा राखेको भएपनि अहिले वीरगंज महानगरको शिक्षा र स्वास्थ्य क्षेत्र समस्याग्रस्त भएको छ । शिक्षा क्षेत्र भित्र महानगरपालिकाले राजनीतिक दुराग्रहका कारण शिक्षक सरुवा गरेको भन्दै शिक्षक महासंघको अगुवाई मा चरणबद्ध आनदोलन भइरहेको छ ।

 


उता नागरिकले मौलीक हकको रुपमा पाएको आधारभूत स्वास्थ्यका सेवा नपाएकोले मधेश प्रदेशकै एक मात्र महानगरमा काुपोषण बढदै गएको छ । महानगरको नीतिमा उच्च प्रथामिकता पाएको यो दुबै क्षेत्रको अवस्थाले महानगरले निर्धारण गरेको प्रथामिकता हात्तीको देखाउने दाँत भएको छ ।

 

चालु आर्थिक वर्षको यो १० महिनाको अवधिमा बीरगंज महानगरभित्र १ सय ७४ जना वालवालिकामा जटिल खालको कुपोषण देखिनुले “प्रथामिकता”देखाउने दाँत भएको देखाएको हो ।


गत आर्थिक वर्षमा भने महानगरमा ४९ जना वालवालिकामा कुपोषण देखिएको थियो । सुनौलो हजार दिन अन्र्तगतको पोषण कार्यक्रम संचालन भइरहेको र महानगरले स्वास्थ्य क्षेत्रलाई उच्च प्रथामिकतामका राख्दा समेत कुपोषणको समस्या बढदै जानुलाई खराव सुचकको रुपमा लिनु पर्ने जनस्वास्थ्यबिज्ञहरुको भनाई छ ।

 

महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक तथा पोषण फाँट प्रमुख सुनिलकुमार कुर्मीले १ सय ७४ कुपोषित बालबालिकामध्ये ५६ जनालाई महानगरले सञ्चालन गरेको ओटिसी सेन्टरमा भर्ना गरी उपचार गरिएको बताए ।

 

गर्भवती हुँदा पोषणयुक्त खानाको अभाव, बालविवाहका कारण सानै उमेरमा बच्चा जन्माउनु, आमाले बच्चाको स्वास्थ्यमा ध्यान नदिनु, सही तरिकाले स्तनपान नगराउनु लगायतका कारण बालबालिकामा कुपोषण बढ्दै गएको महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

कुुपोषणको समस्यालाई न्यूनीकरण गर्न महानगर क्षेत्रभित्र स्वास्थ्य स्वयंसेविका मार्फत वडा–वडामा चेतनामूलक कार्यक्रमसँगै बालबालिका तथा सुुत्केरी आमालाई बालभिट्टा, लिटोलगायतका पोषणयुक्त खाना र गर्भवतीलाई आइरन चक्की वितरण गर्दै आएको प्रमुख कुर्मीको भनाई छ ।

कुपोषण हुँदा बच्चा दुब्लाएर ख्याउटे हुने, आँखाभित्र गड्ने, हातखुट्टा राम्ररी नचल्ने, लामो समयसम्म निदाउने, झगडा गर्नेजस्ता लक्षण देखिने बालरोग विशेषज्ञ डा।बिकास गिरीले बताउनुभयो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.