logo

वीरगंज महामनगरको प्रथामिकता दुई क्षेत्र शिक्षा र स्वास्थ्यमा समस्या, शिक्षक आन्दोलीत, कुपोषीतको संख्या बढ्दो

      २०८० जेठ ७ गते ०२: ४६ मा प्रकाशित     812   पटक पढिएको

वीरगञ्ज । वीरगंज महानगरपालिकाले शिक्षा र स्वास्थ्यलाई आफ्नो प्रथामिकतामा राखेको भएपनि अहिले वीरगंज महानगरको शिक्षा र स्वास्थ्य क्षेत्र समस्याग्रस्त भएको छ । शिक्षा क्षेत्र भित्र महानगरपालिकाले राजनीतिक दुराग्रहका कारण शिक्षक सरुवा गरेको भन्दै शिक्षक महासंघको अगुवाई मा चरणबद्ध आनदोलन भइरहेको छ ।

 


उता नागरिकले मौलीक हकको रुपमा पाएको आधारभूत स्वास्थ्यका सेवा नपाएकोले मधेश प्रदेशकै एक मात्र महानगरमा काुपोषण बढदै गएको छ । महानगरको नीतिमा उच्च प्रथामिकता पाएको यो दुबै क्षेत्रको अवस्थाले महानगरले निर्धारण गरेको प्रथामिकता हात्तीको देखाउने दाँत भएको छ ।

 

चालु आर्थिक वर्षको यो १० महिनाको अवधिमा बीरगंज महानगरभित्र १ सय ७४ जना वालवालिकामा जटिल खालको कुपोषण देखिनुले “प्रथामिकता”देखाउने दाँत भएको देखाएको हो ।


गत आर्थिक वर्षमा भने महानगरमा ४९ जना वालवालिकामा कुपोषण देखिएको थियो । सुनौलो हजार दिन अन्र्तगतको पोषण कार्यक्रम संचालन भइरहेको र महानगरले स्वास्थ्य क्षेत्रलाई उच्च प्रथामिकतामका राख्दा समेत कुपोषणको समस्या बढदै जानुलाई खराव सुचकको रुपमा लिनु पर्ने जनस्वास्थ्यबिज्ञहरुको भनाई छ ।

 

महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक तथा पोषण फाँट प्रमुख सुनिलकुमार कुर्मीले १ सय ७४ कुपोषित बालबालिकामध्ये ५६ जनालाई महानगरले सञ्चालन गरेको ओटिसी सेन्टरमा भर्ना गरी उपचार गरिएको बताए ।

 

गर्भवती हुँदा पोषणयुक्त खानाको अभाव, बालविवाहका कारण सानै उमेरमा बच्चा जन्माउनु, आमाले बच्चाको स्वास्थ्यमा ध्यान नदिनु, सही तरिकाले स्तनपान नगराउनु लगायतका कारण बालबालिकामा कुपोषण बढ्दै गएको महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

कुुपोषणको समस्यालाई न्यूनीकरण गर्न महानगर क्षेत्रभित्र स्वास्थ्य स्वयंसेविका मार्फत वडा–वडामा चेतनामूलक कार्यक्रमसँगै बालबालिका तथा सुुत्केरी आमालाई बालभिट्टा, लिटोलगायतका पोषणयुक्त खाना र गर्भवतीलाई आइरन चक्की वितरण गर्दै आएको प्रमुख कुर्मीको भनाई छ ।

कुपोषण हुँदा बच्चा दुब्लाएर ख्याउटे हुने, आँखाभित्र गड्ने, हातखुट्टा राम्ररी नचल्ने, लामो समयसम्म निदाउने, झगडा गर्नेजस्ता लक्षण देखिने बालरोग विशेषज्ञ डा।बिकास गिरीले बताउनुभयो ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.