logo

चार महिनाकी बालिकादेखि ८१ वर्षीया वृद्धसम्मले पनि सहजै कोरोनालाई जितेर घर फर्किए

      5/27/2020 गते 00 00 मा प्रकाशित     1641   पटक पढिएको


नेपालमा  चार महिनाकी बालिकादेखि ८१ वर्षीया वृद्धसम्मले पनि सहजै कोरोनालाई जितेर घर फर्किएका छन् ।

 

वीरगन्जकी चार महिनाकी शिशु हुन् वा काठमाडौंकी ८१ वर्षीया वृद्धा दुवैले सिटामोल समेत नलिई कोरोनालाई जितेर घर फर्किए ।८१ वर्षिय आमा  १५ दिन बस्नुभयो त्यो अवधीमा कुनै दिन एक ट्याबलेट सिटामोल पनि उहाँले लिनु परेन ।

 

 ८१ वर्षको उमेरमा पनि कुनै रोग नभएकी ती आमामा इम्युनिटी हाई भएका कारण सहज रुपमा कोरोनालाई जितेको चिकित्सकको भनाई छ ।

 

त्यसो त आमाको काखमा खेल्दै गरेकी वीरगन्जकी ४ महिनाकी शिशुले पनि कोभिड—१९ लाई सहज जितेर आमासँगै घर फर्किन् । आमासँगै अस्पताल आउदा जुन अवस्थामा थिइन्, फर्कदा पनि सोही अवस्थामा फर्किएको नारायणी अस्पतालका चिकित्सक डा. उदय सिंह बताउँछन् ।

 

‘चार महिनाको बच्चालाई पनि संक्रमण हुँदा हामी धेरै डराएका थियौ,’ उनले भने, ‘तर, एक दिन सिटामोल पनि खुवाउनु परेन ।’ उनी मात्र नभएर उनकी आमा (चार महिनाकी सुत्केरी)लाई पनि कुनै समस्या नभई घर फर्किइन् । चार महिनाकी शिशु १४ दिन अस्पतालको आइसोलेसनमा बसेपछि संक्रमण मुक्त भएर घर फर्किएकी थिइन् ।

 

अझ रमाइलो कुरा त के भने नेपालगञ्जमा २ महिनाकी सुत्केरीलाई पनि कोभिड—१९ संक्रमण भएको थियो । उनी सँगै ती २ महिनाकी शिशुलाई पनि क्वारेन्टाइनमा राखिएको थियो । आमासँगको प्रत्यक्ष सम्पर्क हुँदा पनि ती शिशुलाई कोरोना संक्रमण देखिएन ।

 

‘२ महिनाकी सुत्केरी महिलालाई कोभिड—१९ पुष्टि भएको थियो, ।  दुई महिनाकी शिशुलाई न त सुरुमा देखियो, न त डिस्चार्ज हुने समयमा नै ।

 

’ विश्व स्वास्थ्य संगठनले उच्च जोखिम समूहमा वृद्धवृद्धालाई राखेको छ । तर, नेपालमा देखिएका अघिकांश संक्रमित लक्षणबिहिन छन् । अहिलेसम्म कोरोना पुष्टी भएका ६० वर्षमाथिका १ जना व्यक्तिको मात्र मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाकाअनुसार अहिले आइसोलेसनमा रहेका कुनै पनि संक्रमितको अवस्था गम्भीर छैन ।

 

नेपालका संक्रमितको अवस्था हेर्दा उमेरले भन्दा पनि व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतामा संक्रमणको गाम्भीर्यता देखाएको चिकित्सकको टिप्पणी छ ।

 

पालमा एज फ्याक्टरमा असर गरेको देखिएन  ।   नेपालमा हालसम्म १० वर्षमुनिका २६ जनामा कोभिड—१९ पुष्टि भएको छ । त्यसैगरी ११ देखि २० वर्षका १ सय ८१ जना, २१ देखि ३० वर्षका ३ सय १९, ३१ देखि ४० वर्षका २ सय २२, ४१ देखि ५० वर्षका ८९ जना, ५१ देखि ६० वर्षका ७० जनामा कोरोना देखिएको छ । यस्तै, ६१ देखि ७० वर्षका १४ जना, ७१ देखि ८० वर्षका ४ जना र ८० वर्ष माथिका १ जनामा संक्रमण पुष्टि भएको छ ।

 

६० वर्षदेखि माथिका १९ जनामा कोभिड—१९ देखिएकोमा मृत्युपछि कोभिड—१९ पुष्टी भएका ७५ वर्षीय १ जनाबाहेक उनीहरु सबै सामान्य अवस्थामा नै छन् । त्यसो त २० वर्ष मुनिका पनि सामान्य अवस्थामा नै छन् ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

जन्मदिनको खर्च कटौती गरेर मातृभूमीमा परेको संकटमा राहतकालागि नेपालले गरे १ लाख सहयोग दिने निर्णय

वीरगंज । नेपालमा बाढी पहिरोबाट सृजीत दुख्द अवस्थाबाट प्रभावित नागरिकको राहत र उद्धारकालागि बेल्जीयमको लुभेन शहर निवासी लोकेन्द्र नेपालले १ लाख रुपैया सहयोग गर्ने भएका छन ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.