logo

संक्रमण बढीरहेको अवस्थामा राहतको खवर, नेपालमै पहिलो पटक कोरोना परिक्षणकालागि भिटिएम उत्पादन शुरु

      5/25/2020 गते 00 00 मा प्रकाशित     1792   पटक पढिएको

बीरगंज पथलैया औधोगिक करिडोर स्थित छाता पिपरा–४, बारामा नवनिर्मित एभरेष्ट प्यारेन्टेरल्स प्रा.लि.ले नेपालमै पहिलो पटक भाइरस ट्रान्सपोर्ट मिडिया (भि.टि.एम.) को उत्पादन सुरु गरेको हो ।

मुख तथा नाकबाट लिइएको स्वावलाई परीक्षणका लागि ल्याबसम्म सुरक्षित रुपमा पुर्याउन भिटिएमको प्रयोग हुन्छ । कोभिड–१९ को महामारीमा पिसिआर टेष्टका लागि नभइ नहुने भि.टि.एम.का लागि हालसम्म अरु मुलुकको मुख ताक्नुपर्ने अवस्था थियो ।

 

भिटिएम अभावमा स्वाब परिक्षण समेत प्रभावित हुदै आएको समाचारहरु आइरहेको बेलामा भिटिएमको उत्पादनले निकै महत्व राख्दछ । 


एभरेष्ट प्यारेन्टेरल्स प्रा.लि.ले दैनिक १० देखि १५ हजार ट्युव भि.टि.एम. उत्पादन गर्न सक्छ । यसका अलवा इन्जेक्टेवल्स, सलाइन, आइड्रप्स तथा नेजल स्पे्र जस्ता औषधिहरु बजारमा ल्याउने तयारी गरिरहेको छ।

एभरेष्ट प्यारेन्टेरल्स  का प्रवन्ध निर्देशक उमङ्ग राणासरियाले पटक पटक भिटिएम अभावको कारणले गर्दा पिसिआर परीक्षणमा वाधा परिरहेको अवस्थामा नेपालमै उत्पादन सुरु गरेको बताउनु भयो ।

 

न्युनतम मूल्यमा उच्च गुणस्तरको भिटिएम उपलब्ध गराउने उहाँले अठोट ब्यक्त गनुृ भयो।  उच्च स्तरीय प्रयोगशाला समेत भएकाले प्रत्येक व्याचको परीक्षण हुने तथा अन्य क्षमतायुक्त बाहिरका ल्याबमा समेत परीक्षण गराएपश्चात् मात्र भिटिएम बजारमा पठाइने उहाँले बताउनु भयो ।’

 

अमेरिकाको कोरोना सम्बन्धि भिटिएमको निर्देशिकाको पूर्ण पालना गरी बनाइएको तथा प्रयोग हुने कच्चा पदार्थदेखि उत्पादन तथा वितरणको अन्तिम चरणसम्म २ देखि ८ डिग्री सेल्सीयस तापक्रमको कोल्ड चेनको पूर्ण पालना गरिने हुनाले भिटिएम गुणस्तरीयता तथा प्रभावकारीता युक्त रहेको उधोगले दावी गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.