logo

बिश्व मुटु दिवसको अवसरमा वीरगंजमा म्याराथन प्रतियोगिता सम्पन्न

      २०७९ असोज १३ गते ०१: ०९ मा प्रकाशित     1129   पटक पढिएको

बिश्व मुटु दिवसको अवसरमा वीरगंजमा म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । नेपाल मेडिसिटी वयोद्या अस्पतालको आयोजनामा म्याराथन प्रतियोगिता सम्पन्न भएको हो ।

 

घण्टाघरदेखि नेपाल मेडिसिटी वयोद्या अस्पतालसम्मको दुरी १६ मिनेट ४२ सेकेण्डमा पार गर्दै म्याराथान प्रतियोगिातमा ईश्वर रिजाल प्रथम भएका छन् ।

त्यस्तै १६ मिनेट ५७ सेकेण्डमा नारायण जिसी द्वितिय हुँदा १७ मिनेट ३ सेकेण्डमा पार गर्दै धन सिंह चुनारा तृतिय भएका छन । अस्पतालले मुटु दिवसको अवसर पारेर मुटुको निशुल्क परिक्षण पनि गरिरहेको छ ।

दिवसको अवसरमा अस्पतालले मुटुको सुरक्षाकालागि अपनाउनु पर्ने सावधानीका बिषयमा सचेतना जगाउनकालागि वाथान गरेको थियो ।

 

वकथानमा सहभागिहरुलाई कार्डियोलोजिष्ट डा. राधा भट्टराईले मुटुको बिभिन्न बिषयमा जानकारी दिएको मेडीसीटी अस्पतालका सहायक बजार प्रबन्धक ईमामुल हक अन्सारीले जानकारी दिए ।


नेपाल मेडिसिटी वयोद्या अस्पतालका सहायक उपाध्यक्ष बिजय रिमालको अध्यक्षतामा भएको म्याराथन तथा वाकाथन कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल,भारतीय महावाणिज्य दुतावासका महावाणिज्य दुत नितिश कुमार, नेपाल भारत सहयोग मञ्चका अध्यक्ष एवम् उद्योगी अशोक वैद्य, शैलेन्द्र सिंह, क्वेस्ट फर्मास्युटिकल्सका अनिल जैसवाल, वीरगञ्ज महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रितेश जैसवाल, नेपाल मेडिसिटी वयोद्या अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राज राणा लगायतको उपस्थिति रहेको थियो ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मोहम्मद जयन्तीमा मुस्लिम समुदायका लागि सार्वजनिक बिदा

वीरगन्ज। सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मधेश सरकारको काम,प्रदेशको शान्ति सुरक्षाकालागि प्रहरीलाई १२ गाडी हस्तान्तरण

जनकपुरधाम । मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.