logo

भरतपुर अस्पतालबाट २७ वर्षिय युवा कोरोना जीतेर घर फर्किए

      4/25/2020 गते 00 00 मा प्रकाशित     1598   पटक पढिएको


भरतपुर  १३ बैशाख ।

भारतपुर अस्पतालमा उपचारकालागि भर्ना भएका २७ वर्षिय युवा कोरोना भाइरसको संक्रमण मुक्त भएका छन । उनलाई अस्पतालले आजै शनिवार डिस्चार्ज गरेको छ ।

 

तर उनी अस्पतालकै आईसोलेसनमा बसेका छन् । उनीसंग अस्पतालमा रहेकी उनकी आमामा भने संक्रमण पोजेटिभ नै देखिएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार लगातार दुई पटक गरिएको परीक्षणमा छोराको नेगेटिभ देखिएको हो ।

 

उनलाई शनिबार दिउँसो औपचारिक रुपमा डिस्चार्ज गरिएको छ । आमा अस्पतालमानै रहनु पर्ने भएकाले उनी आमालाई कुर्ने गरी अस्पतालकै छुट्टै क्वारेन्टाईनमा बसेका हुन् ।

 

पौडेलका अनुसार राप्ती नगरपालिका वडा नम्बर ८ निवासी ६५ वर्षिया आमा र २७ वर्षिय छोरा चैत ३ गते बेलायतबाट यी आमा छोरा हङ्कङ हुँदै नेपाल आएका हुन । दुई दिन काठमाडौं बसेर उनीहरु घर आएका थिए । 

 हाल अस्पतालमा रहेका आमा छोरामा रोगको लक्षाण नदेखिएको अस्पतालका सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तीन दिन पछि पुनः आमाको स्वाब परिक्षण गरिने छ ।

 

शरीरबाट भाईरस मुक्त भए पनि केही समयसम्म एन्टीवडि रहने भएकाले नेगेटिभ देखिएपछि पनि कम्तिमा एक साता क्वारेन्टाईनमा राख्नुपर्ने चिकित्सकको भनाई छ ।

 

परिवारका सदस्य, उनीहरुसँग निकट भएका एम्बुलेन्स चालकदेखि अन्य व्यक्तिहरुलाई हाल राप्तीको ब्रम्हनगरको क्वारेन्टाईनमा राखिएको छ । ¥यापिड डाईग्नोष्टिक टेष्टमा सबैको नेगेटिभ देखिएको भरतपुर अस्पतालका अध्यक्ष डा। भोजराज अधिकारीले जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.