logo

सामुहिक रुपमा अचेत छात्राहरुको होस खुल्यो, थप उपचारकालागि बीरगंज लगियो

 इसीमाना सम्बाददाता      २०७८ चैत ९ गते ०५: २१ मा प्रकाशित     1387   पटक पढिएको

पटेर्वा सुगौली गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रीय माध्यामिक बिद्यालयमा अध्ययनरत १५ जना छात्राहरु एकै पटक अचेत भएका छन ।

 

मध्यान्न उनीहरु अचेत भएका हुन । कक्षा ८, ९ र १० मा अध्ययनरत ८ जना छात्रा अचेत भएपछि बिद्यालयको वतावरण एकाएक चिन्ताग्रस्त भएको थियो ।

 

गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरी तत्काल बिद्यालयमा पुगेर उनीहरुको स्वास्थ्य परिक्षणकोलागि पहल लिनु भएको थियो ।

गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख भुजेन्द्र यादवका अनुसार छात्राहरु मास हिस्टेरियाको कारण अचेत भएका हुन । मास हिस्टेरियाको कारण भने “अननोन” हुने पनि यादवको भनाई छ ।

 

गाउँपालिकाले स्वास्थ्यकर्मी झिकाएर उनीहरुको बिद्यालय नजिक रहेको स्वास्थ्य चोकीमा दिनभरि उपचार गरेको थियो । अचेत भएका ८ जना छात्राहरुको होस आएको यादवले बताउनु भयो ।

 

सुगौलीमै आज निशुःल्क स्वास्थ्य शिविर पनि थियो । शिविरमा उपचार सेवा दिन डा.प्रिती यादवको नेतृत्वमा स्वास्थ्यकर्मीहरुको टोली गाउँमै थियो । यादवको नेतृत्वमा रहेको टोली समेत अचेत भएका छात्राको उपचारमा संलग्न रहेको यादवले जानकारी दिनु भयो ।

 

यादवको नेतृत्वमा रहेको टोली समेत अचेत भएका छात्राको उपचारमा संलग्न रहेको शाखा प्रमुख यादवले जानकारी दिनु भयो । अचेत भएका मध्य ४ जना छात्रालाई होस खुले पछि थप परिक्षण र उपचारकोलागि बीरगंज पठाइएको यादवले जानकारी दिनु भयो । त्यस मध्य दुई जनालाई अक्सीजन र दुई जनालाई स्लाइन चढाएको अवस्थामा बीरगंज पठाइएको यादवले जानकारी दिनु भयो ।

कक्षा ८, ९ र १० मा अध्ययनरत ८ जना विद्यार्थी पढाई भईरहेकै अवस्थामा अचेत भएको विद्यालयका प्रधानाध्यापक रामाशंकर राउत थारुले जानकारी दिनु भएको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

एमाले सचिवालयको बैठक सम्पन्न यस्ता छन चार निर्णय

काठमाडौँ । पार्टी अध्यक्ष केपी ओली पक्राउ परेपछि आज बिहान बसेको  एमालेको सचिवालय बैठकले चार वटा निर्णय गरेको छ ।

९ महिला सहित ८१ जनाद्वारा रक्तदान

वीरगंज । बीरगञ्ज पब्लिक कलेजको आयोजना तथा राउण्ड टेबल नेपाल (बीरगञ्ज राउण्ड टेबल ३) को सहकार्यमा कलेज परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

खेलकुद

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।

नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको  सचिव शिवजी गुप्ताले गरे शिलान्यास

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको मधेश प्रदेश खेलकुद परिषदका सदस्य सचिव सचिव शिवजी गुप्ताले शिलान्यास गरेका छन ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.