logo

सामुहिक रुपमा अचेत छात्राहरुको होस खुल्यो, थप उपचारकालागि बीरगंज लगियो

 इसीमाना सम्बाददाता      २०७८ चैत ९ गते ०५: २१ मा प्रकाशित     1335   पटक पढिएको

पटेर्वा सुगौली गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रीय माध्यामिक बिद्यालयमा अध्ययनरत १५ जना छात्राहरु एकै पटक अचेत भएका छन ।

 

मध्यान्न उनीहरु अचेत भएका हुन । कक्षा ८, ९ र १० मा अध्ययनरत ८ जना छात्रा अचेत भएपछि बिद्यालयको वतावरण एकाएक चिन्ताग्रस्त भएको थियो ।

 

गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरी तत्काल बिद्यालयमा पुगेर उनीहरुको स्वास्थ्य परिक्षणकोलागि पहल लिनु भएको थियो ।

गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख भुजेन्द्र यादवका अनुसार छात्राहरु मास हिस्टेरियाको कारण अचेत भएका हुन । मास हिस्टेरियाको कारण भने “अननोन” हुने पनि यादवको भनाई छ ।

 

गाउँपालिकाले स्वास्थ्यकर्मी झिकाएर उनीहरुको बिद्यालय नजिक रहेको स्वास्थ्य चोकीमा दिनभरि उपचार गरेको थियो । अचेत भएका ८ जना छात्राहरुको होस आएको यादवले बताउनु भयो ।

 

सुगौलीमै आज निशुःल्क स्वास्थ्य शिविर पनि थियो । शिविरमा उपचार सेवा दिन डा.प्रिती यादवको नेतृत्वमा स्वास्थ्यकर्मीहरुको टोली गाउँमै थियो । यादवको नेतृत्वमा रहेको टोली समेत अचेत भएका छात्राको उपचारमा संलग्न रहेको यादवले जानकारी दिनु भयो ।

 

यादवको नेतृत्वमा रहेको टोली समेत अचेत भएका छात्राको उपचारमा संलग्न रहेको शाखा प्रमुख यादवले जानकारी दिनु भयो । अचेत भएका मध्य ४ जना छात्रालाई होस खुले पछि थप परिक्षण र उपचारकोलागि बीरगंज पठाइएको यादवले जानकारी दिनु भयो । त्यस मध्य दुई जनालाई अक्सीजन र दुई जनालाई स्लाइन चढाएको अवस्थामा बीरगंज पठाइएको यादवले जानकारी दिनु भयो ।

कक्षा ८, ९ र १० मा अध्ययनरत ८ जना विद्यार्थी पढाई भईरहेकै अवस्थामा अचेत भएको विद्यालयका प्रधानाध्यापक रामाशंकर राउत थारुले जानकारी दिनु भएको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.