logo

स्वास्थ्य सामाग्री ल्याउन नस्कने  ओम्नी समूहसँगको सम्झौता रद्ध, ५ करोड रुपैयाँ धरौटी पनि जफत

      4/1/2020 गते 00 00 मा प्रकाशित     1374   पटक पढिएको

काठमाडौं १९ चैत । सरकारले चीनबाट स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग भएको सम्झौता रद्ध गरेको छ । 


स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्ध गरेको हो ।  विभागले ५ करोड रुपैयाँ धरौटी पनि जफत गरेको पनि महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिनु भयो  । 


नेपालमा लकडाउन लागू भइसकेपछि (कोभिड१९) परीक्षण किट, स्वास्थ्यकर्मीले लगाउने सुरक्षा कवचलगायत नभई नहुने सामग्री खरिदका लागि रातारात विवादित ओम्नी कम्पनीलाई ठेक्का सुम्पेको थियो। ठेक्का सम्झौतामा उल्लेखित मूल्य अस्वाभाविक रूपले बजारभन्दा कयौं गुणा महँगो देखिएपछि सरकार यस विषयमा रक्षात्मक बन्दै आएको थियो।


स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सरकारले तत्काल आवश्यक देखेको १ लाख सेट पिपिई पहिलो लट (मार्च २९) मै ल्याउने सर्तमा ओम्नीले ठेक्का पाएको थियो। सोही आधारमा नेपाल वायुसेवा निगमको वाइडबडी जहाज पठाइएकोमा कम्पनीले १० हजारथान पिपिईमात्रै ल्यायो। ३३ टन क्षमताको वाइडबडीमा जम्मा साढे १२ टनमात्रै सामान लिएर जहाज फर्किएको थियो।

यस्तै, कम्पनीले तेस्रो लटमा ल्याउने भनेको ७५ हजारथान किटमध्ये ५० हजारथान पहिलो लटमा आइपुगेको छ। समूहले एन ९५ मास्क, ग्लोब्स र सर्जिकल मास्कसमेत सम्झौताअनुसार दिन सकेन। पहिलो लटमा एन९५ मास्क १० हजार र ग्लोब्स १ लाख जोडामात्र ल्याइएको छ। पिसिआर रिएजेन्ट पनि पर्याप्त दिन नसकेको सरकारी अधिकारीको भनाइ छ।

सम्झौतामा दोस्रो लट ३० गते नै ल्याउने भनिए पनि ओम्नीले सामान जुट्न नसकेको भन्दै तेस्रोपटक अप्रिल २ लाई भाका सारेको थियो।  ।

सबै सामानको मौज्दात शून्यप्रायः भइसकेको स्थितिमा सरकारले अन्तिम घडीको निर्णयबाट १ करोड ३ लाख ३८ हजार ४ सय ४४ अमेरिकी डलरबराबरको खरिद ठेक्का पाटन मंगलबजार कृष्णगल्लीमा कार्यालय रहेको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनललाई दिएको थियो।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.