logo

कोरोना संक्रमीतकालागि  उपचार गर्न देश भरिमा पचासीवटा अस्पताल तोकियो

      4/1/2020 गते 00 00 मा प्रकाशित     1420   पटक पढिएको

काठमाडौं १९ चैत ।  सरकारले कोरोना संक्रमितको उपचारका लागि मुलुकभर ८५ वटा अस्पताल तोकेको छ। केन्द्र, प्रदेश र जिल्लामा रहेका करीब ८५ वटा अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि तोकिएको हो।

केन्द्र र प्रदेश स्तरका सबै अस्पताल र ६० वटा जिल्ला अस्पतालमा उपचारको व्यवस्था मिलाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

केन्द्रमा रहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, नेपाल शसस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, आयुर्वेद रिसर्च सेन्टर र आर्मी अस्पताललाई सरकारले यसअघि नै विशेष अस्पतालका रुपमा तोकेको थियो। 

प्रदेश १ मा मेची र उदयपुर अस्पताल, प्रदेश २ मा जनकपुर र बारा अस्पताल, बागमती प्रदेशमा भक्तपुर र सिन्धुली अस्पताल, गण्डकी प्रदेशमा धौलागिरी र गोर्खा अस्पताल तोकेको छ।

यस्तै, प्रदेश ५ मा लुम्बिनी र तमघास अस्पताल, कर्णाली प्रदेशमा सुर्खेत र दैलेख अस्पताल र सुदुरपश्चिम प्रदेशमा सेती र महाकाली अस्पताल ताकेको मन्त्रालयले जनाएको छ । 
मन्त्रालयले माथि उल्लेखित केही अस्पताल सहित २५ वटा अस्पताललाई हब अस्पताल अन्तर्गत राखेको छ । 
हब अस्पताल अन्तर्गत परेका अस्पतालहरुको सूची 
१  प्रदेश १ 
बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अञ्चल अस्पताल र मेची अञ्चल अस्पताल । 

२ प्रदेश २
गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल, जनकपुर अञ्चल अस्पताल र नारायणी उपक्षेत्रीय अस्पताल । 

३.बागमती प्रदेश
त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, श्री वीरेन्द्र अस्पताल, भरतपुर अस्पताल र धुलिखेल अस्पताल। 

४ गण्डकी प्रदेश
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरी अञ्चल अस्पताल । 

५ प्रदेश ५
भेरी प्रादेशिक अस्पताल, लुम्बिनी अञ्चल अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पताल । 

६ कर्णाली प्रदेश
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक अस्पताल सुर्खेत । 

७। सुदुरपश्चिम प्रदेश
महाकाली अञ्चल अस्पताल र सेती अञ्चल अस्पताल । 

सरकारले जिल्ला अन्तर्गतको कुल ६० अस्पतालमा पनि कोरोना संक्रमितको उपचारको लागि व्यवस्था गरेको छ । 
प्रदेश अन्तर्गत रहेका जिल्ला स्तरीय अस्पतालहरुको सूची स्
१। प्रदेश १ जिल्ला स्तरीय अस्पताल — संख्या १३ 
ताप्लेजुङ अस्पताल, संखुवासभा अस्पताल, तेह्रथुम अस्पताल, धनकुटा अस्पताल, भोजपुर अस्पताल, पाँचथर अस्पताल, इलाम अस्पताल, ओखलढुंगा अस्पताल, सोलुखुम्बु अस्पताल, खोटाङ अस्पताल, उदयपुर अस्पताल, झापा अस्पताल र सुनसरी अस्पताल ।  

२ प्रदेश २ जिल्ला स्तरीय अस्पताल — संख्या ५
सिरहा अस्पताल, जलेश्वर अस्पताल, सर्लाही अस्पताल, कलैया अस्पताल र रौतहट अस्पताल । 

३ बागमती प्रदेश स्तरीय अस्पताल — संख्या १०
सिन्धुपाल्चोक अस्पताल, काभ्रे अस्पताल, दोलखा अस्पताल, रामेछाप अस्पताल, सिन्धुली अस्पताल, हेटौडा प्रादेशिक अस्पताल, धादिङ अस्पताल, नवलपरासी अस्पताल, त्रिशुली अस्पताल र रसुवा अस्पताल । 

४ गण्डकी प्रदेश जिल्ला स्तरीय अस्पताल — संख्या १०
बागलुङ अस्पताल, गोर्खा अस्पताल, लमजुङ अस्पताल, मनाङ अस्पताल, म्याग्दी अस्पताल, मुस्ताङ अस्पताल, नवलपुर अस्पताल, पर्वत अस्पताल, स्याङजा अस्पताल र तनहुँ अस्पताल ।

५ प्रदेश ५ जिल्ला स्तरीय अस्पताल — संख्या ९
कपिलवस्तु अस्पताल, नवोलपरासी अस्पताल, अर्घाखाँची अस्पताल, गुल्मी अस्पताल, पाल्पा अस्पताल, दाङ अस्पताल, प्युठान अस्पताल, रोल्पा अस्पताल र बर्दिया अस्पताल।

६ कर्णाली प्रदेश जिल्ला स्तरीय अस्पताल — संख्या ८
दैलेख अस्पताल, डोल्पा अस्पताल, हुम्ला अस्पताल, जाजरकोट अस्पताल, कालिकोट अस्पताल, मुगु अस्पताल, रुकुम अस्पताल र सल्यान अस्पताल ।

७ सुदुरपश्चिम प्रदेश जिल्ला स्तरीय अस्पताल — संख्या ८
अछाम अस्पताल, बैतडी अस्पताल, बझाङ अस्पताल, बाजुरा अस्पताल, डडेल्धुरा अस्पताल, दार्चुला अस्पताल, डोटी अस्पताल र टिकापुर अस्पताल । 

सरकारले केन्द्रीय, प्रादेशिक र जिल्ला स्तरीय अस्पताल सहित विभिन्न मेडिकल कलेजमा पनि उपचारको व्यवस्था गरेको छ । जसमा निजी अस्पताल पनि परेका छन् । सरकारी र नीजि गरी २० मेडिकल कलेज यस अन्तर्गत पर्दछ । 
यसको सूची
१। बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
२। बिराट मेडीकल कलेज
३। चितवन मेडीकल कलेज
४। कलेज अफ मेडिकल साइन्सेस, चितवन
५। गण्डकी मेडीकल कलेज, पोखरा
६। जानकी मेडिकल कलेज
७। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
८। काठमाडौं मेडिकल कलेज
९। किस्ट मेडिकल कलेज
१०। केयु धुलिखेल अस्पताल
११। लुम्बिनी मेडीकल कलेज
१२। मणिपाल मेडिकल कलेज, पोखरा
१३। नेशनल मेडीकल कजेल, वीरगञ्ज
१४। नेपालगञ्ज मेडीकल कलेज
१५। नोबेल मेडीकल कलेज
१६। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
१७। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
१८। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
१९। त्रिवि शिक्षण अस्पताल
२०। युनिभर्सल कलेज अफ मेडिकल साइन्स । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुनसरी दुर्घटना , मृतकको सङ्ख्या पाँच पुग्यो

इनरुवा । सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

भूमिहीनलाई जग्गा वितरणको तयारी, ७ दिनभित्र हकदावी पेश गर्न आयोगले निकाल्यो  सूचना

वीरगंज ।  नेपाल सरकारको भूमि समस्या समाधान आयोग, जिल्ला समिति पर्साले सखुवा प्रसौनी गाउँपालिकाको बिभिन्न वडामा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाबारे ७ दिने  सार्वजनिक सूचना जारी गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.